back
CTIZAN AD

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, अध्यक्ष ओलि सहभागी होलान् ?

वि.सं.२०७७ मंसिर २८ आइतवार

732 

shares

२८ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

नेकपा अध्यक्षद्वयको राजनीतिक प्रस्तावमाथि छलफल गर्न बोलाइएको आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने नहुने बारे अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।

अध्यक्ष ओलिलाई जसरी पनि उपस्थिति गराउने पक्षमा पुष्कमल दाहाल ‘प्रचण्ड’–माधव नेपालको रणनीति छ भने बैठकलाई जसरी पनि टार्ने अध्यक्ष ओलिको रणनीति आजको बैठकमा पनि दोहोरिने आशंका प्रचण्ड–माधव पक्षको छ ।

यद्यपी आजको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने ओली निकट नेताहरुले बताएका छन् ।

मङ्सिर २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै बैठक स्थगित गर्ने निर्णय गरेको थियो । तर यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेन । बरु यसबीच दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलाहरुमा सहभागी हुँदै आएका छन् ।

केही नेताहरुले नेकपाको विवाद समाधान गर्न दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा नेताहरुलाई कन्भिन्स गर्न खोजेपनि त्यसमा प्रचण्ड सहमत हुन सकेका छैनन् । प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदन फिर्ता गर्नुपर्ने पक्षमा छन् भने प्रचण्ड दुवै प्रतिवदनमाथि छलफल गरेर निश्कर्षमा पुग्नुपर्ने भन्दै प्रस्ताव फिर्ता नगर्ने अडानमा छन् ।

मङ्सिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गएको कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावबारे नेकपाका शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

फाइल तस्विर

वि.सं.२०७७ मंसिर २८ आइतवार ०९:३९ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...