back
CTIZAN AD

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै उच्च सङ्क्रमित भेटिए

वि.सं.२०७७ मंसिर २८ आइतवार

660 

shares

२८ मङ्सिर । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ ।

उनीहरुका अनुसार शनिबार नयाँ ९५० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । यसअघि धेरै दिन दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए ।

कोरिया रोक नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले थप उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ ।

विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताएका छन ।

महामारी नियन्त्रणका लागि सरकारले आफ्नो सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको र अझ थप्दै जान लागेको उनले जानकारी दिए ।

रेल स्टेनशनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उनको भनाइ छ ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाई पनि गरेको छ । सामाजिक दुरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ ।

रेष्टुरेन्टमा बस्न नपाईने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नु पर्ने नियम पनि लगाइएको छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार ०९:२४ मा प्रकाशित

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...