२८ मङ्सिर, काठमाडौँ । तीनदिन देखि लगातार सुनको मूल्य स्थिर रहेको छ ।
शुक्रबार ९२ हजार ५ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि शुक्रबारकै मूल्य ९२ हजार ५० रुपैँयामा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्यसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार प्रतितोला १२०० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।