back
CTIZAN AD

प्रवासी पर्वतेलीहरुको ‘हाम्रो बिसौनी’ संवाद सुरु

वि.सं.२०७७ मंसिर २८ आइतवार

678 

shares

२८ मंसिर,काठमाडौँ । पर्वतको विकासका लागि ठूला भन्दा साना कुरा गरिहाल्नु पर्ने भन्दै ‘हाम्रो बिसौनी संवाद ’को पहिलो कार्यक्रम प्रारम्भ भएको छ ।

अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक तथा एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्य तथा अष्ट ज अभियानका महासचिव नीलकण्ठ तिवारी मुख्य वक्ता रहेको सो कार्यक्रममा रोजगारी सृजना गर्ने र माटोसँग जोडिनु पर्ने कुरामा धारणा सम्प्रेषण भएका थिए ।

अन्तर्राष्ट्रिय पर्वत समाजका अभियन्ता गुराँस पौडेलमणि भूर्तेलद्वारा परिकल्पित बिसौनी संवाद कार्यक्रममा कृषि, पर्यटन र जलस्रोतलाई क्रमशः प्राथमिकतामा राख्दा पर्वतले समृद्धिको पहिचान पाउने बताइएको थियो ।

‘पर्वतको विकासमा प्रवासी पर्वतेलीको चाहना र अवसर’ शीर्षकमा शुरु भएको सो संवाद कार्यक्रममा संसारभरी रहेका प्रवासी पर्वतेलीहरुको चाहना समृद्ध पर्वतमा जोडिएको भन्दै एनआरएनए अभियन्ता कुल आचार्यले एनआरएनएलाई पैसासँग मात्र जोडेर हेर्ने प्रवृत्तिले गर्दा अपेक्षित परिणाम आउन नसकेको बताएका थिए । काम गर्ने चाहना बोकेर आउनेहरु झमेलामा फस्ने र कतिपयको रित्तो हात हुनुपर्ने अवस्था रहेको बताउँदै उनले लगानीमैत्री वातावरण नीतिगत तहमै हुनुपर्नेमा जोड दिएका थिए । विदेश रहेका पर्वतेलीहरु र उनीहरुका बाध्यता बुझ्ने कुरामा नै समस्या रहेको बताउँदै सो समाधानका लागि स्थानीय तहसम्म चुस्त संयन्त्र बन्नुपर्ने धारणा राखेका थिए ।

अनुकुल वातावरण बनाइयो भने लगानीको कमि नरहने प्रतिबद्धता व्यक्त गरेका आचार्यले कृषि र पर्यटनलाई जोडेर एक गैर आवासीय पर्वतेले एक पर्वतेलाइ रोजगार गराउन सकिने धारणा राखेका थिए । मुनाफा पनि आउने र गाउँको सेवा पनि हुने संभावनाका लागि उनले कम्पनी मोडलको धारणा रोखका थिए । जनप्रतिनिधि र राजनैतिक नेतृत्वलाई सहि ढंगले बुझाउँदै स्वदेश तथा विदेशमा रहेका पर्वतेली शक्तिको उपयोगमा आफू सदैव तयार रहेको उनले बताएका थिए ।

सामाजिक अभियन्ता नीलकण्ठ तिवारीले मानव प्रयासमुलक विकासका लागि राजनैतिक संस्कार र सभ्यताको विकास पनि जरुरी भएको भन्दै विकासका प्राथमिकता निर्धारण गर्दा आजको आवश्यकतामा जानुपर्ने बताएका थिए । महामारीबाट ज्यान जोगाउन आफ्नै माटो र आफनै झुपडी सुरक्षित ठानेर स्वदेश भित्रिएकाहरु फेरि विदेशको लर्को लागेको उदाहरण दिँदै उत्पादन र स्वरोजगारमैत्री वातावरण निर्माण गर्नमा उनले जोड दिएका थिए । उनले विकासका मोडल र समय सापेक्ष चाहना बारे चर्चा गर्दै चाहना र अवसर संगै समस्या र समाधान जोडिएको बताएका थिए । ठूलो सपना बोकेर होइन सहकारी मार्फत माटो र हावापानीको ब्यबशायिकरणमा जोडिने सानो काममा लाग्न सकेमात्र पर्वतलाइ नमुना बनाउन सकिने बताएका थिए । राजनैतिक अस्थिरता र निर्वाचन प्रणालीको बेथिति राष्टिय रोग भएको बताएका उनले सानो काम गर्न पनि योजना सहितको संयन्त्र बन्नुपर्नेमा जोडदिंदै छलफलाइ स्थानीय स्तरमा लैजान सके सकरात्मक परीणाम निस्कने सुझाव दिएका थिए ।

फलेवास मिडिया प्रालिद्वारा संचालित ‘गण्डकी संचार डटकम’ मेडिया पार्टनर रहेको सो कार्यक्रममा पत्रकार साजन परियारले ‘डोजरे विकास’को निरन्तरता र विदेशका पर्वतेलीको लगानीका सम्भावना लगायतका जिज्ञासा राखेका थिए । कार्यक्रमका आयोजक गुराँस पौडेल र मणि भूर्तेलले विभिन्न श्रृंखलाहरु मार्फत कार्यक्रमको निरन्तरता दिइने बताएका थिए ।

वि.सं.२०७७ मंसिर २८ आइतवार ११:१४ मा प्रकाशित

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...