back
CTIZAN AD

‘अनेसास शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कार’ स्थापना

वि.सं.२०७७ मंसिर २८ आइतवार

822 

shares

२८ मंसिर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा अन्तर्राष्ट्रिय प्रकृतिको पुरस्कार स्थापना गरेको छ ।

संस्थाका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ को प्रायोजनमा संस्थाले ‘अनेसास शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कार’ स्थापना गरेको हो । पुरस्कार नेपालबाहिर तीन वर्षभन्दा बढी बसेर नेपाली भाषा, साहित्य एवं संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।

पुरस्कारको राशि १ हजार १ अमेरिकी डलर रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीले प्रेस विज्ञप्ति जारी गरेर जनाएको हो । पुरस्कार हरेक दुई(दुई वर्षमा विशेष समारोह आयोजना गरेर प्रदान गरिनेछ । पुरस्कारका छनोटका लागि अनेसास केन्द्रीय कार्यालयले तीन जना सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई अग्राधिकार प्रदान गर्नेछ ।

‘पछिल्लो समय स्वदेश विदेश सबैतिर नेपाली भाषा र साहित्यमा विभिन्न किसिमका पुरस्कार स्थापना भएका छन् । जसले नेपाली भाषा र साहित्यका लागि निकै फराकिलो आयाम थपेका छन्,’ बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्री भन्छिन्( ’तर यस्तो पुरस्कार आमा–बुवा वा परिवारका विशिष्ट सदस्यका नाममा मात्र भए । विशिष्ट साहित्यिक व्यक्तित्वको नाममा पुरस्कार स्थापना गर्न पाउनु अनेसासको लागि गर्व को कुरा हो ।’

संस्कृतिविद् सत्यमोहन जोशीका विषयमै पुरस्कार स्थापना गर्नुमा पनि प्रायोजक प्रकाश माइलाका आफ्नै तर्क छन्–“औसत ७० वर्ष आयु भएका नेपालीहरूका बीचमा सत्यमोहन यस्ता स्रष्टा हुन्, जसले नेपाली भाषा, संस्कृति र साहित्य तीनवटै क्षेत्रमा काम गरेका छन् । तीनपटक मदन पुरस्कार पाउने एक्लो इतिहास बनाएका व्यक्ति पनि हुन् । सय वर्षको उमेरमा पनि स्वथ्य र सक्रिय जीवन बाँच्ने हौसला उनको जीवनबाट पाइन्छ ।’

‘सबै किसिमले नेपाली भाषा, साहित्य र संस्कृतिका महत्त्वपूर्ण व्यक्तित्व भएका कारण पुरस्कारले सत्यमोहनकै बाटो पच्छ्याओस् भन्ने सोच हो,’ पौडेल भन्छन्, ‘सबैको सहयोग भयो भने यो सम्भव छ ।’

केही दिनअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीसँग सम्झौता भएपछि शताब्दी पुरुष सत्यमोहन जोशी संस्कृति पुरस्कार अस्तित्वमा आएको हो । ट्रस्टीका तर्फबाट प्रा.डा. गोपी उप्रेतीले हस्ताक्षर गरेका छन् भने दाताका तर्फबाट प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।

 

वि.सं.२०७७ मंसिर २८ आइतवार ११:१४ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...