back
CTIZAN AD

गुणस्तरहीन नेतृत्व भ्रष्टाचारको श्रोत

वि.सं.२०७७ मंसिर २८ आइतवार

678 

shares

 कुशासनमा भ्रष्ट बलियो तर ईमानदार कमजोर हुन्छ, ईमानको सम्मान बेईमानको दूरदूर गर्ने पहल पहिला सरकारबाट सुरू हुनुपर्छ । माछा कुहिन टाउकोबाट सुरू हुन्छ पुच्छरबाट हैन । टाउकोमा घन ठोक्ने काम गर्न प्राथमिकता हुनुपर्छ ।

राम्रो गुणस्तरीय शिक्षा र संस्कार नपाएका जति ठूलो नेताहरू भए पनि अहिले तिनको औचित्य छैन। तिनका तर्क कुतर्क र भाषण सुनेर गुणस्तरीय उच्च शिक्षा पाएकाहरू र त्यस्तो शिक्षा हासिल गर्ने मार्गमा लागेकाहरू कदापी दिग्भ्रमित हुनु हुदैन । गुणस्तरीय पढाई र सो पढाईको सदुपयोग तथा अभ्यास गर्दै निरन्तर सो विद्यालाई सक्षमिकरण गर्नुको बिकल्प छैन। अहिले बिकसित वा अबिकसित मुलुक, तिब्र बिकास गरिरहेको र सुस्त भन्ने कुरा औचित्यहिन हुदै गएको छ। अहिले कुनै देश कतिको डिजिटल छ वा पुरातन छ, त्यसको मात्र औचित्य हुन्छ।

निर्णयहीन हुनु भन्दा छिटो निर्णय गर्दै बरू केही गल्ति देखिए पछि सच्चाउदै जानु धेरै राम्रो काम हो । वर्वाद गरेको समयको कहिले पनि पूर्ति हुनसक्दैन । समय सबैभन्दा ईरिकभरेबल तथा ईरिभर्सिबल श्रोत हो । भ्रष्टाचार सामाजिक एवं राजकीय रोग हो, यसको चिकित्सक नेपालमा उपलव्ध देखिदैनन् । तर यो सिकाउने एक से एक दक्ष, अनुभवी, अमेचर र व्यावसायिक पेशेवर शिक्षक भने यहॉ अनगिन्ति पाईन्छन् ।  यो मुलुकमा कोही अयोग्य छैनन् , सबै जहा जुन पदका निम्ति पनि योग्य छन् । किनभने यहॉ जिम्मेवारी पाउन वा दिन कुनै योग्यता नै दरकार पर्दैन ।

भ्रष्टाचारी मानव समाजमा जहिले पनि जहॉ पनि हुन्छन् । गभर्नेन्स कमजोर हुदा भ्रष्टहरूको खुदो पल्टिन्छ । भ्रष्टको पछि हैन, भ्रष्टाचारको पछि लागेर यसलाई निर्मूल पार्ने हो । झिंगा वा लामखुट्टे मारेर हैजा वा औलो निको हुदैन, न निर्मूल हुन्छ । शासन प्रणालीले ती झिंगा र मच्छरको निदहराम गर्न सक्नुपर्छ, तिनको बास ध्वस्त पार्न सक्नुपर्छ, भ्याक्सिन लगाउन सक्नुपर्छ । भ्रष्टाचार गर्न सबैलाई स्वतन्त्रता हुन्छ तर पक्डेर पाता कस्न पनि सरकारको ल्याकत चाहिन्छ । उपदेश दिएर, रोईलो गरेर न भ्रष्ट, न भ्रष्टाचारीको काल आउछ । कुशासनमा भ्रष्ट बलियो तर ईमानदार कमजोर हुन्छ, ईमानको सम्मान बेईमानको दूरदूर गर्ने पहल पहिला सरकारबाट सुरू हुनुपर्छ । माछा कुहिन टाउकोबाट सुरू हुन्छ पुच्छरबाट हैन । टाउकोमा घन ठोक्ने काम गर्न प्राथमिकता हुनुपर्छ । भ्रष्टको पछि लागेर हैन, भ्रष्टाचारको ह्याबिट्याट नाश गरेर मात्र मुक्ति पाईन्छ । सुशासन सुनिश्चित गर्ने संस्थागत व्यवस्था र स्वच्छ छबिका नेताहरूको चयनबाट मात्र भ्रष्टाचारको काल आउन संभव हुन्छ ।
लो-टेक/लो क्लास बुद्धिले राज चलाउने मुलुकमा हाईक्लास/हाई-टेक बुद्धि बेरोजगार हुन्छन् ।

त्यस्ता मुलुकका हाईटेक बुद्धिवालाहरू माफिया वा आतंककारी संगठनमा सम्मानित सम्मिलित हुदै पावरफुल बनेर आफ्नो बुद्धि सिपको भरपुर उपयोग गर्ने संभावना रहन्छ ।अनुकूल संस्थाबिहिन मुलुकमा प्रतिभा उपयोगबिहीन हुन्छन्, तिनको काम नै हुदैन ।

वि.सं.२०७७ मंसिर २८ आइतवार ११:२३ मा प्रकाशित

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...