back
CTIZAN AD

कृषकले काम्दै जुलुस गर्नुपर्ने, उखु साहुलाई सरकारको न्यानो – डा. लोहनी

वि.सं.२०७७ मंसिर २९ सोमवार

732 

shares

२९ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले उखु साहुलाई सरकारले काखी च्यापेर राखेको आरोप लगाएका छन् ।

उखु कृषकहरुले आफूले पाउनु पर्ने पैसा नपाउँदा काठमाडौको चिसोमा काम्दै जुलुस निकाल्दा सरकारले भने उखुको पैसा नतिर्ने साहुहरुलाई काखी च्यापेर राखेको आरोप उनले सामाजिक सञ्जालमार्फत लगाएका हुन् ।

‘धान खेति गर्ने किसानले समयमा मल नपाएर रुनु पर्ने। उखु खेति गर्ने किसानले पाउनु पर्ने उखुको पैसा नपाएर काठमाडौँको जाडोमा कामेर जुलुस गर्नु पर्ने। उखुको पैसा नतिर्ने साहुहरु सरकारको न्यानो माया पाउने ।’ उनले भनेका छन् ।

‘समाजबाद उन्मुख सरकार’को रुपमा व्यङ्ग्य गर्दै उनले ‘सरकारको जनतामारा नाटक सहेर जनता कैले सम्म चुपो लगेर बस्ने ?’ भन्ने सवाल गरेका छन् ।

उनले भनेका छन् ‘समाजबाद उन्मुख सरकार चाही झगडा गरेर जनतालाई मुर्ख बनाएर अग्रगामी नारा दिएर लुटमा ब्यस्त हुने । अनि यो जनतामारा नाटक सहेर जनता कैले सम्म चुपो लगेर बस्ने ?’

वि.सं.२०७७ मंसिर २९ सोमवार २१:३६ मा प्रकाशित

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...