२९ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले उखु साहुलाई सरकारले काखी च्यापेर राखेको आरोप लगाएका छन् ।
उखु कृषकहरुले आफूले पाउनु पर्ने पैसा नपाउँदा काठमाडौको चिसोमा काम्दै जुलुस निकाल्दा सरकारले भने उखुको पैसा नतिर्ने साहुहरुलाई काखी च्यापेर राखेको आरोप उनले सामाजिक सञ्जालमार्फत लगाएका हुन् ।
‘धान खेति गर्ने किसानले समयमा मल नपाएर रुनु पर्ने। उखु खेति गर्ने किसानले पाउनु पर्ने उखुको पैसा नपाएर काठमाडौँको जाडोमा कामेर जुलुस गर्नु पर्ने। उखुको पैसा नतिर्ने साहुहरु सरकारको न्यानो माया पाउने ।’ उनले भनेका छन् ।
‘समाजबाद उन्मुख सरकार’को रुपमा व्यङ्ग्य गर्दै उनले ‘सरकारको जनतामारा नाटक सहेर जनता कैले सम्म चुपो लगेर बस्ने ?’ भन्ने सवाल गरेका छन् ।
उनले भनेका छन् ‘समाजबाद उन्मुख सरकार चाही झगडा गरेर जनतालाई मुर्ख बनाएर अग्रगामी नारा दिएर लुटमा ब्यस्त हुने । अनि यो जनतामारा नाटक सहेर जनता कैले सम्म चुपो लगेर बस्ने ?’