back
CTIZAN AD

राजावादीहरुको नुवाकोटमा प्रदर्शन

वि.सं.२०७७ मंसिर २९ सोमवार

939 

shares

२९ मंसिर, नुवाकोट । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले आईतवार नुवाकोटमा प्रदर्शन गरेका छन् ।

नुवाकोटको सदरमुकामस्थित लोकतान्त्रीक चौतारोबाट सुरु भएको मोटरसाइकल र्याली बट्टार क्याम्पसमा पुगेर कोण सभामा परिणत भएको थियो ।

हजारौं राजावादीहरुको सहभागिता रहेको प्रदर्शनमा गणतन्त्रको खारेजी र संबैधानीक राजतन्त्र तथा हिन्दु राष्ट्र पुनर्स्थापना गर लगायतका नारा लगाएका थिए । सहभागीहरुले नेपालको राष्ट्रीय झण्डा र राप्रपाको झन्डा लिएर मोटरसाइकल तथा गाडीमा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा नाराबाजी गरेका थिए ।

कोणसभामा बोल्दै प्रमुख अतिथी पुर्वअर्थमन्त्री एवम राप्रपा केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विदेशी शक्तिको आडमा दलहरुले मुलुकलाई धर्म निरपेक्षता र राजसंस्थालाई पाखा लगाएको बताउदै राष्ट्रिय एकता र मुलुकको राष्ट्रियताका लागि राजसंस्था पुनर्स्थापना गर्नुपर्नेमा जोडका थिए ।

यस्तै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले राजसंस्थाको पुनःस्थापना भएपछि मुलुकमा स्थायी शान्ति, बाह्य हस्तक्षेप र अह्रन(खटन नियन्त्रण हुने भन्दै नेपाली जनताको भविष्य खोज्न राजसंस्था स्थापना हुनु पर्ने बताए ।

पछिल्लो समयमा नेताहरूको काम कारबाहीप्रति जनताहरूको वितृष्णा बढ्दै गएकोले राजतन्त्र पुर्नबहालीको माग गर्दै प्रर्दशन गरिएको राप्रपा नेता जनकराज पाठकले जानकारी दिए ।

प्रदर्शनमा सहभागीहरुले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्रियता कमजोर हुँदै गएको र भ्रष्टाचार मौलाएको हुँदा मुलुकको अस्तित्व संरक्षणका लागि हिन्दु राष्ट्रसहित राजतन्त्र पुर्नस्थापना हुनुपर्ने माग गरेका छन् । सभालाइ राप्रपा केस राजु लोहनी र झनक प्याकुरेल ले पनि सम्वोधन गरेका थिए। सभा राप्रपा जिल्ला अध्यक्ष कुल वा खडगिको अध्यक्षतमा सम्पन्न भएको थियो ।

वि.सं.२०७७ मंसिर २९ सोमवार २१:०६ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...