
३० मंसिर, काठमाडौं । कलाकार मनोज गजुरेलले केही साता अघि एक अन्र्तवार्तामा आफूले छिट्टै कसैसँग विवाह गर्न लागेको कुरा सार्वजनिक गरे लगत्तै उनीमाथी मीना ढकाल (पूर्व श्रीमती) ले निरन्तर प्रहार गर्न थालेपछि आफूले बाध्य भएर कानुनी उपचार लिन लागेको बताएका छन् ।
झण्डै तीनवर्ष अघि नेपालको कानुन अनुसार डिर्भोस गरेर सम्बन्ध सकिएको र कानुनी रुपमै आ–आफ्नो बाटो लागिसकेको अवस्थामा पनि अर्को पक्ष (मीना ढकाल) बाट बारम्बार गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै आफूले कानुनी उपचारको बाटो लिनुको विकल्प नरहेको सोमबार सामाजिक संजालमा व्यक्त गरेका छन् ।
‘एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले केही प्रष्टिकरण दिन बाध्य भएको छु’ गजुरेलले लेखेका छन्, ‘सकिएको सम्बन्धको आधारहीन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेकोछु ।’
अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएको खुलाउँदै गजुरेलले भनेका छन्, ‘ जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छोरीको नाममा लगेको अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।’
प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो…
Posted by Manoj Gajurel on Monday, December 14, 2020