back
CTIZAN AD

कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन् – अध्यादेश जारी गर्नुले सरकार निरंकुशता तर्फ अघि बढेको प्रष्ट भयाे

वि.सं.२०७७ मंसिर ३० मंगलवार

1K 

shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरंकुशतातर्फ अघि बढेको टिप्पणी गरेका छन् । संवैधानिक परिषदसँग सम्बन्धित अध्यादेश जारी भएसँगै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यादेश ल्याइनुमा संवैधानिक निकायमा आफ्ना अनुकुलका मानिस भर्ति गर्ने कुसित मनसाय भएको पौडेलको भनाई छ । उनले अध्यादेश जारीप्रति घोर आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत पौडेलले भनेका छन्, ‘संबैधानिक परिषदको मुल मर्म बिपरित संबैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।’

वि.सं.२०७७ मंसिर ३० मंगलवार १६:२० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...