
३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश जारी गरेर सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अगाडि बढेको थप प्रमाण भएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा मंगलबार जारी संबैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश संबैधानिक परिषद्को मुल मर्म विपरित र संबैधानिक निकायमा आफू अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ ल्याइएको आरोप समेत नेता पौडेलले लगाएका छन् ।
नेता पौडेलले भनेका छन्,–‘संबैधानिक परिषदको मुल मर्म बिपरित संबैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो । यस्ता कार्यको म घोर विरोध गर्दछु ।’