१ पुष, काठमाडौं । स्पेनिस ला लिगा अन्तरगत गएराति भएको खेलमा रियाल म्याड्रिड विजयी भएको छ । फ्रेन्च स्ट्रायकर करिम बेन्जेमाको दुई गोलको मद्दतमा रियलले एथलेटिको बिल्बाओलाई ३-१ ले पराजित ग¥यो ।
रियलको घरेलु मैदान अल्फ्रेडो स्टेफानोमा भएको खेलमा रियलको जितमा पहिलो हाफको इन्ज्युरी समयमा टोनी क्रुसले गोल गर्दै खेलमा अग्रता दिलाए । अहिलो आफमा १-० ले अगाडि रहेको रियले दोस्रो आफमा एटलेटिकोका लागि ५२औं मिनेटमा एन्डर कापाले गोलगर्दा खेल बरारीमा पुगेको थियो । त्यसपछि खेलको ७४औं र दोस्रो हाफको इन्जुरी समयमा दुबै गोल बेन्जेमाले गर्दै खेलमा ३-१ को जित दिलाए ।
खेलको १३औं मिनेटमा नै एथलेटिको बिल्बाओ १० खेलाडीमा सिमित रहन पुगेको थियो । टोनी क्रुसमाथि फल गरेपछि राहुल गार्सिया दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए ।
जितसँगै रियाल १३ खेलमा ८ जीत, २ वरावरी र ३ हारको नजिता निकाल्दै २६ अंक जोडेको छ । समान खेलबाट समान अंक रहेको रियल सोसिडाड गोल अन्तरको आधारमा अंक तालिकाको शिर्ष स्थानमा रहेको छभने ११ खेलबाट समान अंक रहेको एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा र रियल तेस्रो स्थानमा रहेको छ ।
वि.सं.२०७७ पुस १ बुधवार ०९:२७ मा प्रकाशित


























