back
CTIZAN AD

नाइजेरियाली सयौँ विद्यार्थी अपहरण बोको हरामले गरेको दावी

वि.सं.२०७७ पुस १ बुधवार

723 

shares

१ पुस । नाइजेरियाको एक विद्यालयमा गत हप्ताको अन्त्यतिर भएको आक्रमणपछि करिब तीन सय विद्यार्थी सम्पर्कबिहीन रहेकोमा घटनाको मङ्गलबार बोको हराम समूहले जिम्मा लिएको छ ।

गत शुक्रबार र शनिबार उक्त समूहले विद्यालयको छात्रवासमा प्रवेश गरी उनीहरूलाई अपहरण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका थिए ।

जिहादी बोको हराम समूह र यसको प्रतिस्पर्धी स्लामिक स्टेटले पश्चिमी अफ्रिकी क्षेत्रमा एक दशक पहिले सुरु गरेको विद्रोह अझै पनि नाइजेरियाको उत्तरपूर्व र छिमेकी क्यारून, चाड र नाइजरमा शान्त भएको छैन ।

नाइजेरियाको कात्सिना राज्यका गभर्नर अमिनु बेल्लो मासरीका अनुसार अपहरणकारीले प्रशासनसँग सम्पर्क गरेको र अपहरणमा परेका विद्यार्थीको सुरक्षा प्रत्याभूत गर्न र उनीहरूको परिवारसम्म छात्रहरूलाई पु¥्याउन पहल लिइरहेको छ ।

नाइजेरियाली टेलीभिजन तथा अन्य सञ्चारमाध्यमले सशस्त्र समूहले गरेको आक्रमणपछि करिब २०० विद्यार्थी फिर्ता शनिबार र आइतबारसम्म फिर्ता आएको तर अझै ३३३ विद्यार्थी सम्पर्कमा आउन नसकेको बताएका छन् ।

शुक्रबार भएको उक्त आक्रमण अफ्रिकी लुटेराहरूको समूहले गरेको सरकारले बताएको भएपनि मङ्गलबार बोको हराम समूहले उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको बताएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार ०९:३३ मा प्रकाशित

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...