
१ पुष, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसमी अवस्था बारे जानकारी गराएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेका कारण देशका केही भेगमा आशिंक देखि सामान्य बदली हुने जनाएको छ ।
हाल प्रदेश २, बागमती प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू-भागहरुमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ।
तराईका अधिकांश भु–भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु पनि विभागले सबैमा अनुरोध गरेको छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :
पौष १ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागमा हरुमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आँशिक बदली रहनेछ ।
राती : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २ गते(बिहिबार) :
दिउँसो : देशको पहाडी भू-भागमा हरुमा आँशिक बदली रही बाँकि भू-भागमा मा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडि भू-भागमा गहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ३ गते (शुक्रबार) :
दिउँसो : देशको पहाडी भू-भागमा हरुमा आँशिक बदली रही बाँकि भू-भागमा मा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडि भू-भागमा हरुमा आँशिक बदली रही बाँकि भू-भागमा मा मौसम सामान्यतया सफा रहनेछ ।