
१ पुष, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा वल्भ्सले चेल्सी माथि जितहात पारेको छ । पहिलो हाफ गोल रहित वरावरी खेलेर दोस्रो हाफमा अग्रता लिएपनि चेल्सि हारबाट बच्न सकेन ।
चेल्सीले दोस्रो हाफको ४९ औँ मिनेटमा ओलिभर जिरुउडको गोल माफत खेलमा अग्रता लिएको थियो । तर वल्भ्सका लागि खेलको ६६औं मिनेटमा ड्यानियल पोडेन्स र इन्ज्युरी समयमा पेड्रो नेटोले गोल गर्दै समग्रमा खेल २-१ ले आफ्नो पक्षमा पारे । हार सँगै शिर्ष चारमा स्थान बनाउन चेल्सिका लागि असहज बन्दै गएको छ । शिर्ष स्थानमा रहेको टोटेनहामको १२ खेलबाट २५ अंक रहेको छभने एक खेल बढी खेलेको चेल्सिको २२ अंक मात्र छ ।
प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ । खेलमा पहिलो अग्रता लिएको सिटीले रुवेन डियासको आत्मघाती गोलका कारण बराबरीमा रोकिन पुग्यो । सिटीका लागि इल्केए गुन्डोगानले ३०औं मिनेटमा अग्रता दिलाएका थिए । भने ४३औं मिनेटमा रुवेन डियासले आत्मघाती गोल गरेका थिए ।