
१ पुष, काठमाडौं । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को शिर्ष ४ मा नेपाली सेफ सन्तोष साहले स्थान बनाएका छन् । गएराति भएको फाइनल राउन्डको पहिलो चरणमा ६ जनाबाट साहले दोस्रो चरणका लागि शीर्ष ४ मा प्रवेश पाएका छन् ।
साहले बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खानाहरु पस्कदै निर्णायकहरुको मन जित्दै आईरहेका छन् । यस अघि सेमिफाइनलमा नेवारी खाना योमरी चखाएर निर्णायकहरुको मन जित्न सफल बनेका साहले फाइनलको पहिलो राउण्डमा कोदोको खिर चखाए । उनले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि निर्णायकहरुलाई चखाए ।
नेपाली परीकारबाट सन्तुष्ट बनेका निर्णायकहरुले साहलाई खरायोको ‘फ्रेन्च क्लासिक डिस’ बनाउन आग्रह गरे । उक्त परिकार बनाउन तयारी अवस्थामा नरहेका साहले खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई नेपाली भुटनको स्टाइलमा तयार पारेर पस्कदा निर्णायकहरु खुसि देखिए ।