back
CTIZAN AD

२०२१ मा दीपिकाका पाँच फिल्म रिलिज हुँदै

वि.सं.२०७७ पुस १ बुधवार

696 

shares

काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणले अहिलेसम्म आफ्नो उत्कृष्ट अभिनयमार्फत दर्शकलाई मनोरञ्जन गराउँदै आएकी छन्। तर २०२० दीपिकाका लागि खराब सावित भयो। ड्रग्सको मुद्दामा फसेपछि उनका धेरै फ्यान रिसाए। अहिले दीपिका आफ्ना फ्यानको मन जित्न डटेर लागिपरेकी छन्।

सन् २०२१ मा दीपिकाका पाँच फिल्म रिलिज हुँदै छन्। उनी आगामी फिल्मका लागि निकै उत्साहित छिन्। शकुन बत्राकको फिल्ममा दीपिका सद्धान्त चतुर्वेदी र अनन्या पाण्डेसँग देखिनेछिन्। सुटिङका क्रममा दुवैले निकै रमाइलो गरेका थिए। त्यसको तस्बिर सोसल मिडियामा देखिएको थियो।

फिल्म ‘पठान’मा दीपिका बलिउड सुपरस्टार शाहरूख खानसँग देखिनेछिन्। यो जोडी ‘चेन्नई एक्सप्रेस’मा एकसाथ देखिएको थियो। यस्तै नाग अश्विनको फिल्ममा उनी अमिताभ बच्चन, प्रभासका साथमा हुनेछिन्। यो फिल्म स्काई फाईमा आधारित हुनेछ। अहिले उनी फिल्म ‘द इन्टर्न’को प्री प्रोडक्सनमा व्यस्त छिन्। ‘द इन्टर्न’को मूल फिल्ममा रबर्ट डी निरो र ऐनी हैथवेले अभिनय गरेका थिए। यस्तै ‘महाभारत’ २०२१ मा रिलिज हुनेछ। यसमा दीपिका द्रौपदीको भूमिकामा छिन्। यो फिल्म अहिले प्री प्रोडक्सनमा छ। द्रौपदीको भूमिकामा दीपिकालाई हेर्न दर्शक उत्सुक छन्।

वि.सं.२०७७ पुस १ बुधवार १०:३५ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...