
१ पुष काठमाडौं । माछापुच्छ्रे बैंक र एमएडब्लु का ग्राहकहरुले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा माछापुच्छ्रेले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । मंगलबार बैंक र कम्पनिबीच भएको सम्झौता अनुसार ग्राहकहरुले यस्तो कर्जा पाउने भएका हुन् ।
उक्त सम्झौतापत्रमा एमएडब्लुका तर्फबाट अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफना शाखा कार्यालयहरु मार्फत र एमएडब्लु अर्थमुभरका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर मार्फत सेवा दिदै आइरहेको छ ।