back
CTIZAN AD

ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा, ‘वान टु वान’ वार्ता चल्दै

वि.सं.२०७७ पुस १ बुधवार

639 

shares

पुस १, काठमाडाैं। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रचण्ड निकट स्रोतका अनुसार दुई अध्यक्षबीच अहिले ‘वान टु वान’ वार्ता चलिरहेको छ ।

यसअघि बुधबार बिहान ओलीसँग संवाद गर्न आग्रह गर्दै पार्टी स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्ड निकट स्रोतका अनुसार सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषदसँग सम्बन्धीत अध्यादेश फिर्ता लिन र बैठक आउन आग्रह गर्न प्रचण्ड भेट्न गएका हुन् ।

नेकपाको स्थायी समिति बैठक अपरान्ह १ बजे बस्ने कार्यतालिका छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने यसअघिकै बैठकले तय गरेको थियो ।

तर, अध्यादेशको विवाद थप भएसँगै बैठक अन्यौंलमा परेको छ । यसअघि गत मंसिर २८ मा बसेको स्थायी समिति बैठक शोक प्रस्ताव पारित गर्दै विषयवस्तुमै प्रवेश नगरी स्थगित भएको थियो ।

वि.सं.२०७७ पुस १ बुधवार १३:०८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...