back
CTIZAN AD

नेता गगन थापा भन्छन् – बरालिएका प्रधानमन्त्रीलाई बाँधौँ

वि.सं.२०७७ पुस १ बुधवार

693 

shares

१ पुष, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई संसद अधिवेशन बोलाउन बाध्य पार्न आजै निवेदन दिन पार्टी सभापतिलाई आग्रह गरेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका नेता थापाले सामाजिक सञ्जालमार्फत पार्टी सभापति तथा शीर्ष नेताहरुसँग यस्तो आग्रह गरेका हुन् ।

उनले आज बस्ने पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा बरालिएका प्रधानमन्त्रीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पार्न निवेदन दिनुपर्ने जनाएका हुन् ।

त्यस्तै उनले उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजान नेताहरुलाई आग्रह गर्दै संसदमा उपसभामुखको निर्वाचन गर्न पनि बाध्य पार्नु पर्ने बताएका छन् ।यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको उनको ठहर छ ।

‘संविधानको धारा ९३(३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ। उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ। उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ।’ भनेका छन् ।

वि.सं.२०७७ पुस १ बुधवार १३:५७ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...