back
CTIZAN AD

नेकपा स्थायी समिति बैठक सुरु, ओली भने अनुपस्थित

वि.सं.२०७७ पुस १ बुधवार

693 

shares

पुस १, काठमाडाैं।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली भने अनुपस्थित छन् ।
बैठकमा ओली नआएपनि कार्यकारी अध्यक्ष प्रचण्डले सुरु गरेका हुन् । बैठक अगाडि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । प्रचण्डले ओलीसँगको छलफलपश्चात नै बैठक सुरु गरेका हुन् ।

मंसिर २१ देखि सुरु भएको स्थायी समिति बैठकमा प्रचण्डको प्रस्ताव खारेजको माग गर्दै ओलीले बहिस्कार गर्दै आएका छन् । उनले पहिलो बैठकमा प्रचण्डको प्रस्ताव खारेज नभएसम्म उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएका थिए ।

गत कात्तिक २८ मा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै १९ पृष्ठको राजनीतिक प्रस्ताव छलफलका लागि अघि सारेका थिए । जसको जवाफी प्रस्ताव स्वरुप मंसिर १३ मा बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको प्रस्ताव अघि सारेका थिए । जसमा प्रचण्डमाथि राजनीतिक तथा आपराधिक प्रकृतिका आरोपहरु लगाइएको छ ।

मंसिर २१ देखि सुरु स्थायी समिति बैठकमा दुवै अध्यक्षका पत्रमाथि छलफल चलिरहेको छ । यसअघि पार्टी केन्द्रीय सदस्य कमानसिंह लामाको निधनका कारण मंसिर २८ मा बसेको स्थायी समिति बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

आजको बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावसहित सरकारले जारी गरेको संवैधानिक परिषदसँग सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने जनाइएको छ । यसअघि अध्यादेश जारी भए लगत्तै पार्टी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले आपत्ति जनाएका थिए ।

वि.सं.२०७७ पुस १ बुधवार १३:५५ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...