
काठमाडौं । नेपाली कांग्रेस निकटको युवा संगठन तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्रै केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन माग गरेको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले यस्तो माग अघि सारेका हुन् ।
‘राष्ट्रपति ज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनु पर्नेमा प्रधानमन्त्रीको कारिन्दा संविानको भक्षक जस्तो दखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदाबाट हटाइ मुलुकको संकटबाट मुक्त गर्न नेपाल तरुणदल माग गर्दछ’, बस्नेतद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
तरुण दलले सरकारले जारी गरेको संवैधानिक परिषदसँग सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न पनि माग गरेको छ ।
यस्तो छ तरुण दलले सार्वजनिक गरेको विज्ञप्ती