back
CTIZAN AD

क्रान्तिकारी कम्युनिष्टहरुले गम्भीर रुपमा मनन गरिरहनु पर्ने कुरा

वि.सं.२०७७ पुस १ बुधवार

624 

shares

अग्रगामी आमूल परिवर्तन चाहने क्रान्तिकारी कम्युनिष्टहरुले गम्भीररुपमा आज मनन गर्नुपर्ने कुरा नै यही हो । भावावेशमा बगेर मनोगत रुपबाट कुनै क्रान्ति सम्पन्न हुँदैन । आमूल परिबर्तनकारी क्रान्तिको उपस्थिति मानिसको इच्छाभन्दा स्वतन्त्र र बस्तुगत अबस्थाले खडा गर्दछ । यत्ति हो कि क्रान्तिकारी कम्युनिष्टहरुले त्यो बस्तुगत अबस्थाको निरन्तर बिश्लेषण र संस्लेषण गरिरहनु पर्दछ र परिवर्तनको दिशामाडटेर लागि रहनु पर्दछ ।

आजको नेपाली समाजको मूलअन्तरबिरोध के हो भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण प्रश्नहो । यसको प्रष्ट पहिचान र त्यसको निराकरण गर्ने सही नीति बिना नेपाली क्रान्तिको बर्तमान बस्तुगत चरणको निधारण गर्न पनि सकिदैन । अनि त्यो चरण पार गर्ने सही बाटो नपक्रिकन नेपाली समाजको आमूलअग्रगामी रुपान्तरणको आन्दोलन सहीदिशामा अघि बढ्न सक्तैन । त्यसैले नेपाली समाजको बर्तमान चरणमा उत्पादनका साधन, उत्पादन सम्वन्ध र उत्पादन पद्धति के कस्तो रहेको छ त्यसलाई केलाउनु पर्ने हुन्छ ।

यस सन्दर्भमा नेपाली समाजलाई सर्सरी हेर्दा नेपाली समाज पनि क्रमिक विकास कै अनिवार्य क्रमबाट गुज्रिदै आएको पाइन्छ । बितेको झण्डै २००० बर्षदेखि यता हाम्रो देश सामन्तबादी समाजमा बिकसित हुन थालेको र सामन्ती उत्पादन पद्धतिको आरम्भ र त्यो बिस्तार हुदै गएको देखिन्छ । पछिल्लो केन्द्रिकृत एकात्मक सामन्ती शासन ब्यवस्थाको शुरुवात पछि यो पद्धति अझ सबल बन्दै गयो । त्यसैक्रममा नेपाल एकतन्त्री राणाशासन कालखण्डमा आइपुग्दात्यो मध्ययुगीन सामन्ती ब्यबस्थामा सामन्ती उत्पादन पद्धति उत्कर्षतिर पुगेको र प्रभूत्वशाली बनेको देखिन्छ । यसरी एउटा लामो सामन्ती उत्पादन पद्धको कालबाट नेपाली समाज बिस्तारै अर्ध सामन्ती अबस्थाको बाटोतिर लागेको पाइन्छ ।

खाशगरी पछिल्लो केन्द्रिकृत सामन्ती शासन सत्ता स्थापाना भएपछि देशमा बिभिन्न उद्यम ब्यवसायहरुको आरम्भ हुन थालेको थियो । त्यसले गर्दा ब्यापारिक बिनिमय पनि क्रमशः बढ्दै गएको थियो । तर त्यसबेलको अन्तर्राष्ट्रिय परिस्थिति खाशगरी बृटिश साम्राज्यवादीहरुको आक्रमण र हस्तक्षेपकारी गतिबिधिले गर्दा पूजीवादी उत्पादनका ती उद्यम ब्यवसायहरु फैलिन र फस्टाउन पाएनन् । तर दोश्रो बिश्व युद्धको सेरोफेरोमा हाम्रो देश आइपुग्दा बृटिश साम्राज्यवाद बिश्वका बिभिन्न भागमा युद्धमा अल्झिएको रउसले नेपालमा निर्यात गर्ने बस्तुहरु निर्यात गर्न नसक्ने स्थितिमा पुग्नाले गर्दा यस्तो बिशिष्ठ परिस्थितिमा १९३५÷१९३६ तिर आधुनिक उद्योगधन्धा खोल्ने कम्पनीका नुन बनेको देखिन्छ । यस प्रकार आधुनिक उद्योगधन्धाको आरम्भ सामन्तबाद भित्रै शुरु भएको र नेपाल अर्ध सामन्ती उत्पादन पद्धतितर्फ उन्मुख भएको हो । यसरी दुई प्रकारका उत्पादन पद्धति संगसगै चल्ने स्थिति सिर्जनाभए पछि नेपाली समाज सामन्ती तथा अर्ध सामन्ती चरणतर्फ उन्मुख भएको हो ।

यस्तो दुई वा दुई भन्दा बढी उत्पादन पद्धति सँगसँगै चल्ने बिशिष्ठ स्थितिका बारेमा सर्बहारा बर्गका गुरु, बैज्ञानिक समाजवादका प्रतिपादक तथा ब्याख्याता कार्ल माक्र्सले भन्नुभएको छ – ‘उत्पादनका बिभिन्न रुपहरु मध्ये एउटा बिशिष्ठ हुन्छ, र त्यसले नै उत्पादनका अन्य रुपहरुलाई अधिनस्थ गर्दछ । त्यसका सम्वन्धहरुले उत्पादनका अरु स्तर र प्रभावलाई निर्धारित गर्दछन्’ । यस कथनले स्पष्ट पार्दछ कि खाश समाज बिकासको कुनै खाश चरणमा बिकास प्रकृयामा एकभन्दा बढी उत्पादन पद्धतिहरु उत्पन्न र बिकसित हुन सक्तछन् । त्यसमा पनि असमान किसिमले बिकास गरिरहेका ठूला देशहरुमा त एकैसाथ दुइभन्दा बढी उत्पादन पद्धतिहरु पनि देखा पर्न सक्तछन् । यस सन्दर्भमा महान अक्टोबर समाजवादी क्रान्तिपूर्वको रुसको बिश्लेषण गर्नुहुदै बिश्वमा माक्र्सवादका पहिलो सफल र सच्चा प्रयोक्ता तथा बैज्ञानिक समाजवादी क्रान्तिका प्रणेता लेनिनले रुसमा अघि बढेका र पछि परेका समेत गरी पाँच प्रकारका उत्पादन पद्धतिहरु रहेको उल्लेख गर्नु भएको छ । तर उहाँले पनि समाजको चरित्र निर्माण गर्ने मूख्य सवालमा जुन उत्पादन पद्धति प्रभूत्वशाली छ त्यसैले खाश समाजबिशेषको चरित्र निर्धारण गर्दछ भन्नु भएको छ । यी नै कुरालाई आधार मानेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने क्रममा नेपाली समाजको चरित्र चित्रण गर्दै पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले यो देश सामन्ती, अर्ध सामन्तीअबस्थामा रहेको औंल्याउनु भयो । त्यो बिश्लेषण आज पनि उत्तिकै सान्दर्भिक र सही छ । किनभने त्यसबेलादेखि अहिलेसम्म पनि नेपालमा सामन्तीउत्पादन पद्धति नै प्रभुत्वशाली अबस्थामा रहेको छ र पूँजीवादी उत्पादन पद्धति यो सामन्ती उत्पादन पद्धति र साम्राज्यवादी शोषणले गर्दा कुण्ठित हुनगई देशमा राष्ट्रिय पूँजीको नर्मिाण र राष्ट्रिय औद्योगीकरण हुन सकिरहेको छैन । स्वाधीन राष्ट्रिय अर्थतन्त्रको निर्माण हुन सकिरहेको छैन । यसको सोझो अर्थ हो – देशमा सामन्ती दलाल नोकरशाही पूँजीवाद हावी हुदै गएको छ । जसको फलस्वरुप नेपालमा राणा शासनको अन्त्य, पंञ्चायती शासनको अन्त्य र राजतन्त्रको अन्त्य भइसक्दा पनि हाम्रो देश कृषिप्रधान, पछौटे, गरीबी र बेरोजगारीले आक्रान्त अबस्थाबाट गुज्रिरहेको छ । यस स्थितिमा नेपाल संयुक्त, राष्ट्र संघको सदस्य, बिश्व ब्यापार संगठनको सदस्यबनेको र बिभिन्न अन्तर्राष्ट्रिय कानुनमा आबद्ध भएकै कारणले मात्र यो पूँजीवादमा गइसक्यो भन्ने बिश्लेषण गलत हुन्छ । यो अहिले पनि अर्ध सामन्ती, अर्ध उपनिवेशिक र नबऔपनिवेशिक अबस्थाबाटै गुज्रिरहेको छ र यस स्थितिको अन्त्य नगरी नेपाली समाजले अग्रगामी फड्को मार्न र बिकसित हुन सक्तैन । अनि यो अबस्था पार नगरी बैज्ञानिक समाजवादको पृष्ठभूमि पनितयार हुन सक्तैन । यद्यपि यो राणा शासनको अन्त्यदेखि यताको ६५ बर्षमा नेपाल जहाँको त्यही रहेको छ भन्ने कुरा विल्कुलै होइन । नेपाली समाजमात्रात्मक परिबर्तका महत्वपूर्ण चरण उपचरणबाट गुज्रिदै अहिलेको अबस्थमासम्म आइपुगेको हो ।

अहिले पनि हाम्रो राष्ट्रको श्रमभारको ठूलो हिस्सा करीब ६६ प्रतिशत कृषिमै लागेको छ । यद्यपि हिजोको सामन्त बर्ग वा जमिनदार बर्गको स्थिति र भूमिकामा निक्कै ठूलो परिवर्तन आएको छ । वास्तवमा हामीले दोश्रो बिश्व युद्धको सेरोफेरो अर्थात सन् १९३५ देखि अहिले २०१५ सम्मको कालखण्डलाई हे¥यौ र केलायौ भने निक्कै ठूल्ठूला मात्रात्मक परिवर्तनहरु भएको देख्दछौं । तर पनि नेपाली समाजअर्ध सामन्ती अबस्थाबाट पार हुन सकिरहेको छैन । यस सन्दर्भमा हामीले २००७ सात सालको परिवर्तन २०४६ सालको परिबर्तन र २०६३ सालको परिवर्तनलाई औंल्याउन सक्तछौं । मूलभूत रुपमा यी परिवर्तनहरुले नेपाली समाजको अधि रचनालाई निकै ठूलो मात्रामा परिबर्तन गरिदिए पनि आधारमा भने आमूल परिवर्तन ल्याउन सकेका छैनन् ।

नेपाली जनताको आजको मूल अन्तरबिरोध सामन्ती दलाल पूजीपति वर्गसँग रहेको छ । यो वर्गपूजीवादी बर्गको त्यो हिस्सा हो जो सामन्त बर्गबाट आएको हुन्छ र त्यसले राज्यको कानुनी प्रकृया र प्रवन्धलाई लत्याउँदै र दुरुपयोग गर्दै राष्टिय लगानीलाई अनुत्पादक क्षेत्रमाअर्थात् कमिशनखोरी, कालोबजारी र कर छल्ने क्षेत्रहरुमा प्रवाहित गर्दछ राष्ट्रिय पूजीको बिकासलाई कुण्ठित तुल्याउँदै कमिशनका रुपमा आम्दानी गर्दछ । यो बर्गबिदेशी साम्राज्यवाद र एकाधिकार पूँजीवादको आड भरोसा र आशिर्वादमा टिकेको हुन्छ । यसले राष्ट्रिय हितको परित्याग गर्दछ र राष्ट्रिय श्रोत साधनहरु बिदेशीलाई सुम्पन्ने कामगर्दछ । यसरी राष्ट्रिय आत्मनिर्भरता, स्वाधीनता र स्वाभिमानलाई यसले प्रत्यक्ष या परोक्षरुपमा भएपनि तिलाञ्जली दिन्छ । राष्ट्रिय रुपमा यो सामन्ती–दलालपूजीपति वर्गको सत्तामा पकड भएपनि असमान पूँजीवादी बिकासका कारणले स्वयम साम्राज्यवादी शक्ति भित्र र अर्धसामन्ती देशका दलाल पूजीपतिका बिचमापनि परस्पर अन्तरबिरोध चर्केका हुन्छन् । तिनीहरुले सत्तामा साझेदारी खोजेर, दबाबदिएर र कसाकसी गरेर समस्याहलगर्न खोज्छन् र त्यस क्रममा बरु सामन्तवर्गसँग पनि गठजोड गर्न अघि सर्दछन् । समाजको श्रोत साधनले सम्पन्न यो सामन्ती–दलाल नोकरशाही बर्गको सानो तप्का कम्युनिष्ट आन्दोलन र नयाँ जनवादी क्रान्तिको बिरुद्ध खडा हुन्छ । वास्तवमा यो जनबिरोधी र क्रान्ति बिरोधी तप्का हो ।

यस बस्तुगत बिश्लेषणको आधारमा नै निष्कर्शमा पुग्न सकिन्छ कि नेपाली समाजमा उत्पादनका साधनहरुसँगको मानिसको सम्वन्ध र उत्पादन पद्धतिमा उल्लेख्य र आमूल परिवर्तन आउन सकेको छैन । जसले गर्दा बर्गीय सन्तुलनमा कुनै भिन्नताआउन सकेको छैन र समाज युगीन परिवर्तनको उच्च नयाँ चरणमा प्रवेश गर्ने बस्तुस्थिति बन्न सकेको छैन । अग्रगामी आमूल परिवर्तन चाहने क्रान्तिकारी कम्युनिष्टहरुले गम्भीररुपमा आज मनन गर्नुपर्ने कुरा नै यही हो । भावावेशमा बगेर मनोगत रुपबाट कुनै क्रान्ति सम्पन्न हुँदैन । आमूल परिबर्तनकारी क्रान्तिको उपस्थिति मानिसको इच्छाभन्दा स्वतन्त्र र बस्तुगत अबस्थाले खडा गर्दछ । यत्ति हो कि क्रान्तिकारी कम्युनिष्टहरुले त्यो बस्तुगत अबस्थाको निरन्तर बिश्लेषण र संस्लेषण गरिरहनु पर्दछ र परिवर्तनको दिशामाडटेर लागि रहनु पर्दछ ।

वि.सं.२०७७ पुस १ बुधवार १४:३१ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...