Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

क्रान्तिकारी कम्युनिष्टहरुले गम्भीर रुपमा मनन गरिरहनु पर्ने कुरा



अग्रगामी आमूल परिवर्तन चाहने क्रान्तिकारी कम्युनिष्टहरुले गम्भीररुपमा आज मनन गर्नुपर्ने कुरा नै यही हो । भावावेशमा बगेर मनोगत रुपबाट कुनै क्रान्ति सम्पन्न हुँदैन । आमूल परिबर्तनकारी क्रान्तिको उपस्थिति मानिसको इच्छाभन्दा स्वतन्त्र र बस्तुगत अबस्थाले खडा गर्दछ । यत्ति हो कि क्रान्तिकारी कम्युनिष्टहरुले त्यो बस्तुगत अबस्थाको निरन्तर बिश्लेषण र संस्लेषण गरिरहनु पर्दछ र परिवर्तनको दिशामाडटेर लागि रहनु पर्दछ ।

आजको नेपाली समाजको मूलअन्तरबिरोध के हो भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण प्रश्नहो । यसको प्रष्ट पहिचान र त्यसको निराकरण गर्ने सही नीति बिना नेपाली क्रान्तिको बर्तमान बस्तुगत चरणको निधारण गर्न पनि सकिदैन । अनि त्यो चरण पार गर्ने सही बाटो नपक्रिकन नेपाली समाजको आमूलअग्रगामी रुपान्तरणको आन्दोलन सहीदिशामा अघि बढ्न सक्तैन । त्यसैले नेपाली समाजको बर्तमान चरणमा उत्पादनका साधन, उत्पादन सम्वन्ध र उत्पादन पद्धति के कस्तो रहेको छ त्यसलाई केलाउनु पर्ने हुन्छ ।

यस सन्दर्भमा नेपाली समाजलाई सर्सरी हेर्दा नेपाली समाज पनि क्रमिक विकास कै अनिवार्य क्रमबाट गुज्रिदै आएको पाइन्छ । बितेको झण्डै २००० बर्षदेखि यता हाम्रो देश सामन्तबादी समाजमा बिकसित हुन थालेको र सामन्ती उत्पादन पद्धतिको आरम्भ र त्यो बिस्तार हुदै गएको देखिन्छ । पछिल्लो केन्द्रिकृत एकात्मक सामन्ती शासन ब्यवस्थाको शुरुवात पछि यो पद्धति अझ सबल बन्दै गयो । त्यसैक्रममा नेपाल एकतन्त्री राणाशासन कालखण्डमा आइपुग्दात्यो मध्ययुगीन सामन्ती ब्यबस्थामा सामन्ती उत्पादन पद्धति उत्कर्षतिर पुगेको र प्रभूत्वशाली बनेको देखिन्छ । यसरी एउटा लामो सामन्ती उत्पादन पद्धको कालबाट नेपाली समाज बिस्तारै अर्ध सामन्ती अबस्थाको बाटोतिर लागेको पाइन्छ ।

खाशगरी पछिल्लो केन्द्रिकृत सामन्ती शासन सत्ता स्थापाना भएपछि देशमा बिभिन्न उद्यम ब्यवसायहरुको आरम्भ हुन थालेको थियो । त्यसले गर्दा ब्यापारिक बिनिमय पनि क्रमशः बढ्दै गएको थियो । तर त्यसबेलको अन्तर्राष्ट्रिय परिस्थिति खाशगरी बृटिश साम्राज्यवादीहरुको आक्रमण र हस्तक्षेपकारी गतिबिधिले गर्दा पूजीवादी उत्पादनका ती उद्यम ब्यवसायहरु फैलिन र फस्टाउन पाएनन् । तर दोश्रो बिश्व युद्धको सेरोफेरोमा हाम्रो देश आइपुग्दा बृटिश साम्राज्यवाद बिश्वका बिभिन्न भागमा युद्धमा अल्झिएको रउसले नेपालमा निर्यात गर्ने बस्तुहरु निर्यात गर्न नसक्ने स्थितिमा पुग्नाले गर्दा यस्तो बिशिष्ठ परिस्थितिमा १९३५÷१९३६ तिर आधुनिक उद्योगधन्धा खोल्ने कम्पनीका नुन बनेको देखिन्छ । यस प्रकार आधुनिक उद्योगधन्धाको आरम्भ सामन्तबाद भित्रै शुरु भएको र नेपाल अर्ध सामन्ती उत्पादन पद्धतितर्फ उन्मुख भएको हो । यसरी दुई प्रकारका उत्पादन पद्धति संगसगै चल्ने स्थिति सिर्जनाभए पछि नेपाली समाज सामन्ती तथा अर्ध सामन्ती चरणतर्फ उन्मुख भएको हो ।

यस्तो दुई वा दुई भन्दा बढी उत्पादन पद्धति सँगसँगै चल्ने बिशिष्ठ स्थितिका बारेमा सर्बहारा बर्गका गुरु, बैज्ञानिक समाजवादका प्रतिपादक तथा ब्याख्याता कार्ल माक्र्सले भन्नुभएको छ – ‘उत्पादनका बिभिन्न रुपहरु मध्ये एउटा बिशिष्ठ हुन्छ, र त्यसले नै उत्पादनका अन्य रुपहरुलाई अधिनस्थ गर्दछ । त्यसका सम्वन्धहरुले उत्पादनका अरु स्तर र प्रभावलाई निर्धारित गर्दछन्’ । यस कथनले स्पष्ट पार्दछ कि खाश समाज बिकासको कुनै खाश चरणमा बिकास प्रकृयामा एकभन्दा बढी उत्पादन पद्धतिहरु उत्पन्न र बिकसित हुन सक्तछन् । त्यसमा पनि असमान किसिमले बिकास गरिरहेका ठूला देशहरुमा त एकैसाथ दुइभन्दा बढी उत्पादन पद्धतिहरु पनि देखा पर्न सक्तछन् । यस सन्दर्भमा महान अक्टोबर समाजवादी क्रान्तिपूर्वको रुसको बिश्लेषण गर्नुहुदै बिश्वमा माक्र्सवादका पहिलो सफल र सच्चा प्रयोक्ता तथा बैज्ञानिक समाजवादी क्रान्तिका प्रणेता लेनिनले रुसमा अघि बढेका र पछि परेका समेत गरी पाँच प्रकारका उत्पादन पद्धतिहरु रहेको उल्लेख गर्नु भएको छ । तर उहाँले पनि समाजको चरित्र निर्माण गर्ने मूख्य सवालमा जुन उत्पादन पद्धति प्रभूत्वशाली छ त्यसैले खाश समाजबिशेषको चरित्र निर्धारण गर्दछ भन्नु भएको छ । यी नै कुरालाई आधार मानेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने क्रममा नेपाली समाजको चरित्र चित्रण गर्दै पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले यो देश सामन्ती, अर्ध सामन्तीअबस्थामा रहेको औंल्याउनु भयो । त्यो बिश्लेषण आज पनि उत्तिकै सान्दर्भिक र सही छ । किनभने त्यसबेलादेखि अहिलेसम्म पनि नेपालमा सामन्तीउत्पादन पद्धति नै प्रभुत्वशाली अबस्थामा रहेको छ र पूँजीवादी उत्पादन पद्धति यो सामन्ती उत्पादन पद्धति र साम्राज्यवादी शोषणले गर्दा कुण्ठित हुनगई देशमा राष्ट्रिय पूँजीको नर्मिाण र राष्ट्रिय औद्योगीकरण हुन सकिरहेको छैन । स्वाधीन राष्ट्रिय अर्थतन्त्रको निर्माण हुन सकिरहेको छैन । यसको सोझो अर्थ हो – देशमा सामन्ती दलाल नोकरशाही पूँजीवाद हावी हुदै गएको छ । जसको फलस्वरुप नेपालमा राणा शासनको अन्त्य, पंञ्चायती शासनको अन्त्य र राजतन्त्रको अन्त्य भइसक्दा पनि हाम्रो देश कृषिप्रधान, पछौटे, गरीबी र बेरोजगारीले आक्रान्त अबस्थाबाट गुज्रिरहेको छ । यस स्थितिमा नेपाल संयुक्त, राष्ट्र संघको सदस्य, बिश्व ब्यापार संगठनको सदस्यबनेको र बिभिन्न अन्तर्राष्ट्रिय कानुनमा आबद्ध भएकै कारणले मात्र यो पूँजीवादमा गइसक्यो भन्ने बिश्लेषण गलत हुन्छ । यो अहिले पनि अर्ध सामन्ती, अर्ध उपनिवेशिक र नबऔपनिवेशिक अबस्थाबाटै गुज्रिरहेको छ र यस स्थितिको अन्त्य नगरी नेपाली समाजले अग्रगामी फड्को मार्न र बिकसित हुन सक्तैन । अनि यो अबस्था पार नगरी बैज्ञानिक समाजवादको पृष्ठभूमि पनितयार हुन सक्तैन । यद्यपि यो राणा शासनको अन्त्यदेखि यताको ६५ बर्षमा नेपाल जहाँको त्यही रहेको छ भन्ने कुरा विल्कुलै होइन । नेपाली समाजमात्रात्मक परिबर्तका महत्वपूर्ण चरण उपचरणबाट गुज्रिदै अहिलेको अबस्थमासम्म आइपुगेको हो ।

अहिले पनि हाम्रो राष्ट्रको श्रमभारको ठूलो हिस्सा करीब ६६ प्रतिशत कृषिमै लागेको छ । यद्यपि हिजोको सामन्त बर्ग वा जमिनदार बर्गको स्थिति र भूमिकामा निक्कै ठूलो परिवर्तन आएको छ । वास्तवमा हामीले दोश्रो बिश्व युद्धको सेरोफेरो अर्थात सन् १९३५ देखि अहिले २०१५ सम्मको कालखण्डलाई हे¥यौ र केलायौ भने निक्कै ठूल्ठूला मात्रात्मक परिवर्तनहरु भएको देख्दछौं । तर पनि नेपाली समाजअर्ध सामन्ती अबस्थाबाट पार हुन सकिरहेको छैन । यस सन्दर्भमा हामीले २००७ सात सालको परिवर्तन २०४६ सालको परिबर्तन र २०६३ सालको परिवर्तनलाई औंल्याउन सक्तछौं । मूलभूत रुपमा यी परिवर्तनहरुले नेपाली समाजको अधि रचनालाई निकै ठूलो मात्रामा परिबर्तन गरिदिए पनि आधारमा भने आमूल परिवर्तन ल्याउन सकेका छैनन् ।

नेपाली जनताको आजको मूल अन्तरबिरोध सामन्ती दलाल पूजीपति वर्गसँग रहेको छ । यो वर्गपूजीवादी बर्गको त्यो हिस्सा हो जो सामन्त बर्गबाट आएको हुन्छ र त्यसले राज्यको कानुनी प्रकृया र प्रवन्धलाई लत्याउँदै र दुरुपयोग गर्दै राष्टिय लगानीलाई अनुत्पादक क्षेत्रमाअर्थात् कमिशनखोरी, कालोबजारी र कर छल्ने क्षेत्रहरुमा प्रवाहित गर्दछ राष्ट्रिय पूजीको बिकासलाई कुण्ठित तुल्याउँदै कमिशनका रुपमा आम्दानी गर्दछ । यो बर्गबिदेशी साम्राज्यवाद र एकाधिकार पूँजीवादको आड भरोसा र आशिर्वादमा टिकेको हुन्छ । यसले राष्ट्रिय हितको परित्याग गर्दछ र राष्ट्रिय श्रोत साधनहरु बिदेशीलाई सुम्पन्ने कामगर्दछ । यसरी राष्ट्रिय आत्मनिर्भरता, स्वाधीनता र स्वाभिमानलाई यसले प्रत्यक्ष या परोक्षरुपमा भएपनि तिलाञ्जली दिन्छ । राष्ट्रिय रुपमा यो सामन्ती–दलालपूजीपति वर्गको सत्तामा पकड भएपनि असमान पूँजीवादी बिकासका कारणले स्वयम साम्राज्यवादी शक्ति भित्र र अर्धसामन्ती देशका दलाल पूजीपतिका बिचमापनि परस्पर अन्तरबिरोध चर्केका हुन्छन् । तिनीहरुले सत्तामा साझेदारी खोजेर, दबाबदिएर र कसाकसी गरेर समस्याहलगर्न खोज्छन् र त्यस क्रममा बरु सामन्तवर्गसँग पनि गठजोड गर्न अघि सर्दछन् । समाजको श्रोत साधनले सम्पन्न यो सामन्ती–दलाल नोकरशाही बर्गको सानो तप्का कम्युनिष्ट आन्दोलन र नयाँ जनवादी क्रान्तिको बिरुद्ध खडा हुन्छ । वास्तवमा यो जनबिरोधी र क्रान्ति बिरोधी तप्का हो ।

यस बस्तुगत बिश्लेषणको आधारमा नै निष्कर्शमा पुग्न सकिन्छ कि नेपाली समाजमा उत्पादनका साधनहरुसँगको मानिसको सम्वन्ध र उत्पादन पद्धतिमा उल्लेख्य र आमूल परिवर्तन आउन सकेको छैन । जसले गर्दा बर्गीय सन्तुलनमा कुनै भिन्नताआउन सकेको छैन र समाज युगीन परिवर्तनको उच्च नयाँ चरणमा प्रवेश गर्ने बस्तुस्थिति बन्न सकेको छैन । अग्रगामी आमूल परिवर्तन चाहने क्रान्तिकारी कम्युनिष्टहरुले गम्भीररुपमा आज मनन गर्नुपर्ने कुरा नै यही हो । भावावेशमा बगेर मनोगत रुपबाट कुनै क्रान्ति सम्पन्न हुँदैन । आमूल परिबर्तनकारी क्रान्तिको उपस्थिति मानिसको इच्छाभन्दा स्वतन्त्र र बस्तुगत अबस्थाले खडा गर्दछ । यत्ति हो कि क्रान्तिकारी कम्युनिष्टहरुले त्यो बस्तुगत अबस्थाको निरन्तर बिश्लेषण र संस्लेषण गरिरहनु पर्दछ र परिवर्तनको दिशामाडटेर लागि रहनु पर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय