back
CTIZAN AD

डोटीमा व्यावसायिक कालिजपालन शुरु

वि.सं.२०७७ पुस १ बुधवार

705 

shares

१ पुष, डोटी । डोटीको पूर्वी क्षेत्रको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँमा व्यावसायिक रुपमा काजिलपालन शुरु गरिएको छ । स्थानीयवासी युवा देवबहादुर बोहरासहितका चार जनाले संयुक्त रुपमा कालिज बहुउदेश्यीय फार्म खोली व्यावसायिक रुपमा कालिजपालन शुरु गरेका हुन ।

काठमाडौं र कैलालीबाट कालिजका चल्ला ल्याएर गाउँमा फार्म खोली उनीहरुले व्यवसाय शुरु गरेका छन् । रु २१ लाख ९७ हजार लागतमा ५०० चल्ला राखेर कालिजपालन शुरु गरिएको सञ्चालक बोहराले बताए । उनले भने,“चार जना मिलेर कालिजपालन व्यवसाय शुरु गरेका छौँ, राम्रै फष्टाउने आस गरेकाछौँ ।”

उक्त फार्मले निकट भविष्यमा ‘ह्याचरी’ शुरु गर्ने तयारी गरेको सञ्चालक बोहराको भनाइ छ । धिर्कामाण्डौँ गाउँको डाँडा घेरबार गरेर कालिजपालन व्यवसाय शुरु गरिएपछि अहिले उनको फार्ममा कालिज हेर्न तथा किन्न आउनेको भीड बढ्न थालेको स्थानीयवासी गणेश बमले बताए । उनले भने, “हामीले जङ्गलमा मात्रै कालिज देखेका थियौँ, अहिले देबबहादुरले घरैमा कालिजपालन शुरु गरेपछि किन्न र कालिज हेर्नकै लागि भए पनि स्थानीयवासीको भीड बढ्ने गरेको छ ।”

कालिज व्यवसाय फष्टाउँदै गए फार्मको थप विस्तारसँगै यहाँका मुख्य शहरमा कालिज रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको बोहराले बताए । उनले थप भने,“गाउँमा कालिज हुर्काउने, पालन गर्ने काम गर्छौँ, दिपायल वा कैलालीमा कालिज रेष्टुरेन्ट स्थापना गरेर कालिज पारखीलाई सेवा दिने छौँ ।” कालिजपालक किसान बोहराले हाल प्रति एक केजीको भाले कालिज रु तीन हजारमा बिक्री गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लापछि डोटीमा पनि कालिजपालन शुरु गरिएको हो । कालिजपालन व्यवसाय गर्ने बोहरा सुदूरपश्चिम प्रदेशकै दोस्रो किसान भएको पशुसेवा विज्ञ केन्द्र तथा भेटनरी अस्पताल सिलगढीका प्रमुख खडकबहादुर शाहले जानकारी दिए । नेपालमा कालिजपालन नयाँ व्यवसाय भएको र जिल्लाको ग्रामीण क्षेत्रमा किसानले ठूलो लगानी लगाएर कालिजपालन गर्नु प्रशंसनीय कार्य भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।

उनले भने, “नेपालमा कालिजपालन व्यवसाय नौलो हो, गाउँमा युवाहरुले ठूलो लगानीमा उक्त व्यवसाय शुरु गरेका छन्, गाउँपालिकाले पनि आफ्नो तर्फबाट कालिजको बजारीकरणदेखि अन्य गर्नसक्ने सहयोग गर्ने छ ।” डोटीमा कालिजपालन नौलो व्यवसाय भएका कारण कालिजपालनले राम्रो आम्दानीसहित आयस्रोतको उच्च सम्भावना रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए ।

उनले भने, “कुखुरापालनका लागि त अनुदान मिल्छ भने कालिजपालनका लागि पनि हामी अवश्य सहयोग गर्ने छौँ, व्यवसाय फष्टाउनु पर्‍यो ।” प्रदेश तथा स्थानीय सरकारले यहाँका युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसायको थालनी गरिन थालिएको संविधानसभा सदस्य यज्ञराज पाठकले बताए । उनले भने,“प्रदेश तथा स्थानीय सरकारले युवा लक्षित गरी ल्याएको कार्यक्रम प्रभावकारी छ, जसले गर्दा बेरोजगार भएका युवा स्वरोजगार हुने तथा आर्थिकस्थिति बलियो बन्ने देखिन्छ ।” रासस

वि.सं.२०७७ पुस १ बुधवार १५:१९ मा प्रकाशित

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...