back
CTIZAN AD

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण,चोरी गर्ने ११ पक्राउ

वि.सं.२०७७ पुस १ बुधवार

816 

shares

१ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज महाशाखामा एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गरेका हुन् । विभिन्न मितिमा मोटरसाइकल चोरीमा संलग्न ११ व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी कार्यालयमा बुझाएको समेत उनले जानकारी दिए ।

“असुरक्षित पार्किङस्थल, एकान्तस्थलमा पार्किङ गरेका र अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका मोटरसाइकल बढी चोरी भएको पाइएको छ”, महाशाखाका प्रमुख भट्टराईले भन्नुभयो, “धनीले सावधानी अपनाउने हो भने चोरीबाट जोगिन सकिन्छ ।”

उनले अतिरिक्त लक प्रयोग गर्न, घण्टी बज्नेलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न पनि सबैमा अनुरोध गरेका छन् ।

सोहि समारोहका बिच प्रलोभनमा नपरी घुस दिन खोज्ने सवारी चालकलाई पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ । महाशाखा तथा मातहतमा कार्यरत २२ प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको महाशाखाले जनाएको छ । रासस

वि.सं.२०७७ पुस १ बुधवार १८:५० मा प्रकाशित

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...