back
CTIZAN AD

कृषिउपजको सहज बिक्री वितरण तथा बाली लगायतका मौसम सम्बन्धी जानकारी दिने एप सार्वजनिक

वि.सं.२०७७ पुस १ बुधवार

690 

shares

१ पुष, नेपालगन्ज । आज कृषकलाई लक्षित गरी मोबाइल एप ‘कृषि पथ’ सार्वजनिक गरिएको छ । कृषकले उत्पादन गरेका कृषिउपजको सहज बिक्री वितरण, तरकारी बालीलगायत मौसमसम्बन्धी जानकारी कृषकले सो एपबाट पाउने बताइएको छ ।

साना तथा घरेलु उद्योग महासङ्घ बाँके शाखाले केयर नेपाल र बी–ग्रुपसँगको सहकार्यमा एप सार्वजनिक गरेको हो । घरेलु उद्योग महासङ्घ शाखा अध्यक्ष मधु खड्काका अनुसार उक्त एपको प्रयोगबारेमा बाँकेका आठवटै स्थानीय तहमा रहेका सहकारीमार्फत कृषकसम्म सूचना पु¥याउने गरी तयारी भइरहेको छ ।

इन्टरनेटको पहुँचमा नरहेका किसानलाई लक्षित गरी कल सेन्टरको पनि व्यवस्था गरिएको खड्काको भनाइ छ । बाँकेका किसानले जिल्लाको कलसेन्टर १६१६८१५२९५० मा कल गरेर एपका माध्यमबाट निःशुल्करुपमा कृषि जानकारी लिन सक्ने जनाइएको छ ।

लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मोबाइल एप सार्वजनिक गर्दै प्रविधिको प्रयोग कृषिको विकास सहज हुने बताइन् । उनले विचौलियाका कारण किसानले उचित मूल्य नपाउने समस्या रहेकामा यो समस्या समाधानका लागि पनि एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । प्रदेश सरकारले पनि किसानलाई लक्षित गरी खजुरामा कल सेन्टर सञ्चालन गर्न लागेकाले सहकार्य र समन्वय गर्न घरेलु महासङ्घलाई मन्त्री पौडेलले आग्रह गरे । रासस  file photo

वि.सं.२०७७ पुस १ बुधवार १९:०० मा प्रकाशित

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...