back
CTIZAN AD

अध्यादेशले संविधानको भावना र मर्ममाथि प्रहार गरेको जसपाको आरोप

वि.सं.२०७७ पुस १ बुधवार

708 

shares

१ पुष, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले सरकारले अध्यादेश ल्याएर संविधानको भावना र मर्ममाथि प्रहार गरेको आरोप लगाएको छ ।

जारी अध्यादेशले ‘सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्र्वाेच्च निकाय संघीय व्यवस्थापिका संसदलाई नै उपेक्षा गरी विधिको शासन विपरित षड्यन्त्रपूर्वक ढंगले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरुलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि नै प्रहार गरेको’ जसपा नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जसपा नेपालका अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरद्वारा जारी संयुक्त विज्ञप्तिमा ‘सरकारको यस कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौति दिनुको साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी देशलाई राजनीतिक द्धन्दको भूमरीतर्फ धकेल्ने कार्य गरेको’ आरोप समेत लगाइएको छ ।

साथै अध्यादेश फिर्ता लिइ हिउँदो अधिवेशन यथाशिघ्र बोलाउन माग गरिएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार १९:०६ मा प्रकाशित

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...