back
CTIZAN AD

रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा युभेन्ट्स बराबरीमा रोकिय

वि.सं.२०७७ पुस २ बिहीवार

705 

shares

२ पुस, काठमाडौं । इटालियन सिरी ए अन्तरगत तएराति भएको खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । रोनाल्डोले पेनाल्ल्टीमा गोल गर्न नसक्दा युभेन्टस्ले एटलान्टासँग बराबरी खेल्दै अंक बाँडेको छ ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा १-१ को बराबरी भयो । पहिलो हाफकाे २९ औं मिनेटमा फेडेरिको चिएसाको गोलबाट खेलमा अग्रता लिएको युभेन्टस्ले दोस्रो हाफको ५७ औं मिनेटमा रेमो फ्रउलरले एटलान्टाको लागि गोल गर्दा खेल बराबरी भएको थियो । ६१औं मिनेटमा पेनाल्टी पाएर खेलमा अग्रता लिने मौका पाएपनि स्टार खेलाडी रोनाल्डोले गोल गर्न नसक्दा युभेन्टस् बराबरीमानै रोकिन पुग्यो ।

बराबरीपछि १२ खेलमा ६ जित र ६ बराबरीको नतिजाका साथ २४ अंक जोड्दै युभेन्ट्स तेस्रो स्थानमै यथावत छ । ११ खेलबाट १८ अंक रहेको एटलान्टा आठौं स्थानमा छ ।

एसि मिलानपनि बराबरीमा रोकियो

यस्तै सिरी ए को अंक तालिकाको शिर्ष स्थानमा रहेको एसी मिलान पनि बराबरीमा रोकिएको छ । मिलान  जेनोअको घरेलु मैदानमा २-२ को बराबरीमा रोकिएकाे हो । बराबरीसँगै १२ खेलमा ८ जित र ४ बराबरी खेल्दै २८ अंकका साथ मिलान शिर्ष स्थानमा रहेको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार ०९:३९ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...