back
CTIZAN AD

हुम्लाका १५७ घरधुरीलाई सरसफाइ सामग्री

वि.सं.२०७७ पुस २ बिहीवार

801 

shares

2 पुष, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ मा आधार विकास हुम्लाले सरसफाइका सामग्री वितरण गरेको छ । वडा नं ७ को चौगनफया र धारापोरी गाउँका गरेर १५७ घरधुरीलाई बुधबार मुख तथा हात धुने साबुन सामग्री वितरण गरिएको हो ।

एक घरलाई मुख धुने पाँच र लुगा धुने सावुन दुई गरी प्रत्येक घरपरिवारलाई सात वटाका दरले साबुन वितरण गरिएको आधार विकास नेपाल हुम्लाका प्राविधिक सहायक रमेश भण्डारीले जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना भाइसर कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि यी सामग्री वितरण गरिएको प्राविधिक सहायक भण्डारीले बताए। यहाँका नागरिकले व्यक्तिगत सरसफाइनमा बढी ध्यान दिऊन् भन्ने उद्देश्यका साथ वितरण गरिएको भण्डारीले जानकारी दिए ।

गाउँघरका नागरिकमा सफा र स्वच्छ भएर बस्ने बानी पार्नका लागि निःशुल्क सहयोग गरिएको जानकारी प्राप्त भएको छ । आधार विकास नेपाल हुम्लाले उत्तरी क्षेत्रमा रहेका नागरिकलाई स्वास्थ्यसम्बन्धी विभिन्न सामग्री सहयोग गर्दै आएको जनाइएको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार १३:१५ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...