
२ पुस, काठमाडौं । श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा नेपाल प्रहरीका इन्सपेक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की जिल्लाको वडा प्रहरी कार्यालय बैदामका इन्सपेक्टर धुव्र शर्मा रहेका छन् ।
शर्माले म्याग्दी जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुदै स्थानिय युवतीसँग प्रेमसम्बन्धमा रहेको र उनलाई विबाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको अनुसन्धानमा खुलेको छ । शारीरिक सम्पर्क भएको केहि समयपछि उनले उक्त युवतिसँग विवाह गरि ती युवतीलाई गर्भपतन गर्नको लागि दबाब दिएका थिए ।
ती महिलाले गर्बपतन गर्न नमान्दा पनि जबरजस्ती गर्न खोजेपछि उनले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएकी थिइन् । महिलाको उजुरी पस्चात शर्मालाई कार्यलयमा उपस्थिग गराइ पर्बत पठाइएको छ । उनी उपर जिल्ला अदालतबाट १० दिनको म्याद सहित अनुसन्धान भइरहेको पर्बत प्रहरीले जनाएको छ ।