३ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकारले संबैधानिक परिषद् सम्बन्धी जारी नयाँ अध्यादेश तत्काल फिर्ता लिएर संसदको अधिबेशन बोलाउन माग गरेको छ ।
नेपाली कांग्रेसको संसदीय दलको कार्यालय बानेश्वरमा शुक्रबार विहान बसेको बैठकले जारी अध्यादेश संविधानको भावना र मर्म विपरीत भएको ठहरसहति तत्काल फिर्ता लिन माग गदैै तत्काल संसदको अधिबेशन बोलाउन माग गरेको हो ।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको, भ्रष्टाचारलाई प्रशय दिएको लगायतका विभिन्न माग राख्दै सडक आन्दोलन समेत गरेको प्रमुख विपक्षी दल कांग्रेसले आफ्नोअसफलतालाई ढाकछोप गर्नका लागि ओली सरकारले संबैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश ल्याएको आरोप समेत लगाएको छ ।
वि.सं.२०७७ पुस ३ शुक्रवार १३:२५ मा प्रकाशित






























