back
CTIZAN AD

प्याराग्लाइडिङ गर्न छनोट गरिँदै पहरेलेक

वि.सं.२०७७ पुस ३ शुक्रवार

747 

shares

३ पुष, बलेवा । बागलुङ नगरपालिका–१३ पैञ्युपाटास्थित पहरेलेक प्याराग्लाइडिङ गर्न उपयुक्त ठाउँको रुपमा छनोट भएको छ ।

यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाइडिङका लागि यो उपयुक्त ठाउँ भएको हो । स्थानीयवासीका अनुसार प्राकृतिक दृष्य पोखराको भन्दा कम छैन, हिमालको दृष्य पनि यहाँबाट सुन्दर देखिन्छ । त्यसैले प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गरी यहाँ पूर्वाधार निर्माण थालिएको छ ।

“पहरे प्राकृतिक थलो हो, यसको उपयोग गरेर प्याराग्लाइडिङ चलाउँदा बलेवाको पर्यटनमा फड्को मार्न सकिन्छ”, प्याराग्लाइडिङका लागि पूर्वाधार बनाउन बनेको उपभोक्ता समितिका सचिव भरत पौडेलले भने, “कालीगण्डकीको तिरदेखि भकुण्डेको शिरसम्मका प्रकृतिका उपहार उपयोग गर्दैछौँ ।”

हावाको बेग मिल्ने र दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको सचिव पौडेलको भनाइ छ । बागलुङ नगरपालिका–६ स्थित एउटा पहाडमा घुम्न पुगेका युवाले बुद्धको आकृति देखेपछि प्रचार थाले ।

पछिल्लो समय बुद्ध हिलको नामले चर्चा पाएको पहाडमा पुग्ने आन्तरिक पर्यटक बढ्दै छन् । वडा कार्यालयले बुद्ध हिलमा पुग्ने पदमार्ग निर्माणमा चासो देखाएको छ । तस्बिर खिच्दा देखिने आकृतिले आन्तरिक पर्यटक मोहित भएको वडाध्यक्ष खेमराज सापकोटाले बताए ।

काठेखोला गाउँपालिका–७ रेशमा स्थित माहुरी झरना पछिल्लो समय चर्चामा छ । रेश खोलामा पर्ने झरना हिजो पनि थियो तर प्रचार थिएन । पछिल्लो समय माहुरी झरनाको प्रचार शुरु भएको छ । स्थानीय युवाकै सक्रियतामा थालिएको प्रचारले मूर्तरुप मात्रै लिएको छैन, झरना पुग्न पदमार्गको निर्माणमा वडा कार्यालयले लगानी गरेको छ ।

स्थानीयवासीले उपभोक्ता समूह बनाएर पदमार्गका लागि श्रमदान गरेका छन् । झरनाको प्रचारप्रसार र यहाँ आउने पर्यटकका कारण रेशका स्थानीयवासीको आम्दानीसँग जोडिने वडाध्यक्ष प्रेम लामिछानेले बताए । खहरेमा बगिरहेको पानीकोे सुन्दरताले रेशको पर्यटनमा प्रभाव पार्ने प्रचुर सम्भावना छ । व्यवसायी युवा राजु कार्की र उनको परिवारको सक्रियतामा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा बञ्जीजम्प शुरु भएको छ ।

कालीगण्डकीको खोँच र धौलागिरि हिम शृङ्खलाको उपयोग गर्दै बञ्जी चलाउने प्रयत्न भइरहेको छ । रु २० करोड लगानीमा रिसोर्टसहित बनेको बञ्जीले प्रकृतिको सौन्दर्यता, बलेवा तथा पर्वतको कुश्मा बजारमा आर्थिक क्रियाकलापमा टेवा पु¥याउने व्यवसायी कार्कीको भनाइ छ ।

बागलुङमा रहेको प्राकृतिक सम्पदाको उपयोग गरेर पर्यटनको विकास गर्ने होडबाजीनै चलेको छ । ढोरपाटन शिकार आरक्षको मनोरम दृष्यको प्रचार होस् अथवा घुम्टेको धुरी बागलुङमा प्रकृतिकरुपमै आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य छन् ।

“हामीले सम्भावनाको खोजी नगरेर मात्रै हो, प्रकृतिले दिएका उपहार धेरै छन्”, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले भने, “गाईघाटको झरना, डुडेलेक र घुम्टे पर्यटकका लागि हामीले विकास गर्न लागेका प्राकृतिक सम्पदा हुन् ।” ताराखोलाले वातारण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ तयार गरेर कार्यान्वयनमा ल्याएको छ ।

ती स्थानका अलवा बागलुङमा वडा, पालिका र जिल्ला तहमै प्राकृतिक सम्पदासँग जोडेर पर्यटनका काम भइरहेका छन् । ‘एक वडा एक पहिचानको कार्यक्रम बनाइएको छ’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने, “धार्मिक, प्राकृतिक सम्पदाको उपयोग गरेर पर्यटनको विकासका योजना छन् ।”
रासस

वि.सं.२०७७ पुस ३ शुक्रवार १३:२२ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...