३ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यलय रुकुम पश्चिमले गरेको छड्के अनुगमनमा १३ वटा कार्यालयका ९८ जना कर्मचारी कार्यलयमा उपस्थित नरहेको भेटेको छ ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वको टोलीले संघ र प्रदेश अन्तर्गतका १७ वटा सरकारी कार्यालयमा अनुगमन गरेको थियो । जसमध्य १३ वटा कार्यालयमा कार्यरत ९८ कर्मचारीहरु कार्यालय समयमा कार्यलयमा उपस्थित नरहेको भटिएको हो
कार्यलयसमयमा उपस्थित नभएका कर्मचारीहरुलाई जिल्ला प्रशासन कार्यालयले उपस्थित हुननसक्नुको कारण सहित तीन दिनभित्र स्पष्टिकरण दिन पत्राचार गरेको छ। तीन दिन भित्र उचित कारण सहित स्पष्टिकरण नदिने कर्मचारी र कार्यलय प्रमुखलाई आवसेक कारबाही हुने जिल्ला प्रशासनले जानकारी दिएको छ । केहि कर्मचारीले भने अनुगमन आएको थाहा पाएर मौखिक जानकारी दिएपनि त्यो पर्यप्त नभएको जिल्ला प्रशासनले बताएको छ ।
अनुगमनको क्रममा केहि स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले भने हाजिरी कपिमा हाजरनै गर्ने नगरेको पाईएको छ । सरकारी कर्मचारीहरुमा लापरवाहि बढ्दै गएको गुनासो आउन थालेपछि अनुगमन गर्दा यस्तो अवस्था भेटिएको प्रशासनले जानकारी दिएको छ ।
वि.सं.२०७७ पुस ३ शुक्रवार १४:०६ मा प्रकाशित





























