back

दोसरी बन्यो इलामेली गाउँ

वि.सं.२०७३ माघ ३ सोमवार

438 

shares
NTC AD

ilam

दिल कुमार श्रेष्ठ, दोहा । कतारको दोसरी पार्कमा इलामेलीहरुलाई इलामको चियाबारीमा जस्तै नाच्दै हास्दै रमाउदै मज्जा लुटेको देखियो । आफ्नै गाउँ छिमेक, समाज र जिल्लावासीहरुलाई कतारमा समेट्दै मेलामिलाव र भाइचाराको भावनामा इलाम समाज कतारले बनभोज मनाए ।

चिसो मौसमको मज्जा नाच्न, गाउनु र गाउनु र रमाउनु नै हो भन्ने कुरा बनभोजले प्रमाणित गरेको थियो िसामाजिक सद्भाव अथिति सत्कारसंगै आफ्ना दाजुभाई दिदीबहिनीहरुसंगको भेटघाटले अझै सुनमा सुगन्ध थपेको थियो ।

प्राय हप्ताको सुक्रबार ब्यस्त रहने सो पार्क यो हप्ता पनि निकै व्यस्त देखिन्थ्यो । चारै तिर आफ्नै शैलीमा रमाइरहेका आफ्ना आफ्ना जमात हरुलाई पनि इलामेलीहरुको कार्यक्रममा आफ्नो कला प्रस्तुतु गरेका कलाकारहरुको प्रस्तुतिले तानेर ल्याएको थियो । कलाकार भारत केसी, लिना आचार्यको नृत्य र नौटंकी कुनै प्रोफेसनल कलाकारको भन्दा कमि थिएन । कलाकार रुवेल बिसी, र तुफान काफ्लेको प्रस्तुतिले पनि दर्शकको माया बटुले । नेपाली कलामा नेपालीहरु मात्र नभए र अन्य बिदेशी दर्शकहरु समेत तालमाताल मिलाउदै कम्मर मर्काएको दृश्य हेर्न लायक थियो । साथै दोसरिमा कार्यरत कलाकारले जादुमय हातको सफाई देखेका थिए ।
‘जेहेन्दार विधार्थी छात्रवृत्ति, समुन्नत ईलाम, पर्यटन प्रवद्र्धन हाम्रो चाहाना इलामेलीहरुको एकता, वनभोज तथा वार्षिक उत्सवको शुभकामना’ भन्ने मुल नारारहेको थियो । रमाइलो पनि सेवाको लागी हुने इलामेलीहरुको कार्यक्रममा करिव २५स य को हाराहारीमा देखिएका इलामेलीहरुको खुसी त्यहाँ प्रष्ट देख्न सकिन्थ्यो । सामाजिक सेवामा आफ्नो कदमलाई अगाडी बढाउने क्रममा सदभाव र मेलामिलाव र भाइचाराको माया साट्ने उदेश्य समाजले पुरा ग¥यो ।

समाजको साथ र सहयोगको लागी आफु सधै तत्पर रहने बताउदै शुभकामना मन्तब्य दिएका प्रमुख अतिथि बिनोद भट्टराईले छोटो समयको इलामेलीहरुको प्रगतिको खुलेर तारिफ गरे । त्यसैगरि शुभकामना मन्तब्य दिने अतिथिहरुमा समाजसेवी दिल किरण खुजुम, चिरन्जीवी तिमिल्सिना , भेषराज पराजुली लगाएत कतारका संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए ।

सस्थाका अध्यक्ष धन बहादुर बिकको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एनआरएन आइसिसि सदस्य बिनोध भट्टराई रहेका थिए । उपस्थिति सम्पूर्ण दर्शक अतिथिहरुलाई संस्थाकी उपाध्यक्ष रेनुका कार्कीले स्वागत गर्दै आफ्नो मन्तब्य राखेको कार्यक्रमको संचालन प्रेम सगर सुबेदीले गरेका थिए ।

वि.सं.२०७३ माघ ३ सोमवार ०६:११ मा प्रकाशित

ADBL AD
सुभाषितसङ्ग्रह बजारमा

सुभाषितसङ्ग्रह बजारमा

दाङ । साहित्यकार एकराज शर्मा अधिकारीको सुभाषितसङ्ग्रहको दाङ घोराहीको पत्रकार...

न्युजलाइन मिडियाद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याएका युएईका नेपालीलाई सम्मान

न्युजलाइन मिडियाद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याएका युएईका नेपालीलाई सम्मान

दुबई, युएई । न्युजलाइन्स मिडियाको आयोजना दुबईमा एनएल इन्टरनेशनल अवार्ड...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण, किन असन्तुष्ट भयो फिप्ना ?

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण, किन असन्तुष्ट भयो फिप्ना ?

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डा. आरजु...

फिप्ना अमेरिकाको सम्मान कार्यक्रम सम्पन्न

फिप्ना अमेरिकाको सम्मान कार्यक्रम सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले फिप्ना...

प्रवासी नेपाली मञ्च कोरियाको आसन्न अधिवेशनको तयारी पूरा

प्रवासी नेपाली मञ्च कोरियाको आसन्न अधिवेशनको तयारी पूरा

काठमाडौं । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आसन्न...

विश्व शेर्पा संघ अमेरिकाले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

विश्व शेर्पा संघ अमेरिकाले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका अवसरमा विश्व...