back
CTIZAN AD

बालाजुको शिवालय क्षेत्रमा गुर्जोका पाँच सय बिरुवा रोपिँदै

वि.सं.२०७७ पुस ५ आइतवार

579 

shares

५  पुष, काठमाडौँ । बालाजु २२ धारा पार्क नजिकैको शिवालय क्षेत्रमा औषधिय गुणलेयुक्त गुर्जोको ५०० बिरुवा रोपिएको छ ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललगायत स्थानीयवासी गुर्जो रोपण कार्यक्रममा सहभागी भएका थिए । गुर्जोका बिरुवा देशव्यापी रुपमा रोपण अभियानमा लागेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका हुन् ।

राजलवट आन्तरिक राजश्व कार्यालय लाहानमा हुँदादेखि नै त्यहाँको सरकारी निवासमा बिरुवा उत्पादन गरी निःशुल्क वितरण अभियानमा लागेका छन् । राजलवटले हालसम्म देशका विभिन्न भागमा गरी एक लाख ४० हजार भन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरेका छन् ।

गुर्जोका बिरुवा वितरण गरिएका स्थानमा गुर्जोबाट बनेको धुलो, चिया, डाँठसमेत वितरण गर्दै आएको उनले बताए । देशभर एक घर एक गुर्जोका बिरुवा हुनुपर्ने उनको भनाइ छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ओषधिय गुणलेयुक्त वनस्पति गुर्जो कोरोना भाइरसबाट बच्न शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य संस्कृतमा अमृता भनिने गुर्जोले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने बताउँछन् ।

सो अवसरमा बालाजु २२ धारा टोलवासीलाई पनि ५०० गुर्जोका बिरुवा हस्तान्तरण गरिएको थियो । जसलाई स्थानीयवासीले घर–घरमा रोप्ने जनाइएको छ ।

कार्यक्रममा रािष्ट्रय योजना आयोगका सहसचिव तथा योग शिक्षक किशोर जोशीले गुर्जोको औषधिय महत्वका विषयमा जानकारी गराएका थिए । गुर्जो पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलाबाहेक सबैले सेवन गर्न सक्नेछन् ।

कोरोना महामारी फैलिएपछि गुर्जोका बिरुवा घरमा रोप्ने र यसको धुलो, चिया, डाँठलगायत सेवन गर्नेको सङ्ख्या बढेको छ ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन भूमिमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने मान्यताअनुसार नेपालको अधिकांश भूगोलमा हुने गुर्जो यहाँका मानिसका लागि औषधिको काम गर्ने भएकाले यसको संरक्षण गरिनुपर्नेमा वृक्षरोपण कार्यक्रममा जोड दिइएको थियो ।
रासस

वि.सं.२०७७ पुस ५ आइतवार १५:५१ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौँ । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व...