७ पुष, काठमाडौँ । पाकिस्तान क्रिकेट टिमले न्यूजिल्याण्ड विरुद्धको श्रृखलाको लागि आफ्नो टिमको घोषणा गरेको छ । मोहम्मद रिजवानको कप्तानीमा पाकिस्तान टिमले १७ खेलाडीको नाम सार्वजनीक गरेको हो ।
पाकिस्तानका टिमका कप्तान बाबर आजम र इमाम-उल-हकले चोटको कारण पहिलो टेस्ट गुमाउने छन । न्यूजिल्याण्ड विरुद्धको टि-२० श्रृखला सुरु हुन अघि गरिएको प्रशिक्षणका क्रममा दुवै खेलाडी चोटिल भएका थिए । बाबरको स्थानमा पहिलो टेस्टमा मोहम्मद रिजवानले कप्तानी गर्ने छन ।
२४ वर्षीय इमान बट पहिलो पटक पाकिस्तानको टेस्ट टिममा पर्न सफल भएका छन । त्यसैगरि न्यूजिल्याण्ड विरुद्धको टि-२० मा राम्रो प्रदर्शन गरिरहेका मोहम्मद हफिज र इमाद वसिमले भने टेस्ट श्रृखला गुमाउने छन । इमाद वसिम बिग ब्यास लिगमा भाग लिनको लागि अष्ट्रेलिया जाने छन भने मोहम्मद हफिज पाकिस्तान फर्किनेछन ।
न्यूजिल्याण्ड विरुद्धको टेस्ट श्रृखलाको लागि पाकिस्तानको टिम
मोहम्मद रिजवान (पहिलो टेस्टका लागि कप्तान), अबिद अली, अजहर अली, फहीम अशरफ, फवाद आलम, हरिस सोहेल, इमरान बट, मोहम्मद अब्बास, नसीम शाह, सरफराज अहमद, शादाब खान, शाहीन अफरीदी, शान मसूद, सोहेल खान र यासिर शाह, बबर आजम र इमाम उल हक (पहिलो टेस्टको लागि उपलब्ध हुने छैनन् )
वि.सं.२०७७ पुस ७ मंगलवार ११:३२ मा प्रकाशित
























