back
CTIZAN AD

ओलीलाई पार्टी अध्यक्षबाट हटाउने नेकपाको बहुमत पक्षको निर्णय

वि.सं.२०७७ पुस ७ मंगलवार

675 

shares

पुस ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमत पक्षले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार बानेश्वरस्थित कार्की बैंक्वटमा बसेको केन्द्रीय समितिको बैठकले ओलीलाई हटाउने निर्णय गरेको नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार ओलीलाई पार्टी सदस्यता कायम रहने गरि कारबाही गरिएको छ । साथै बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने पनि निर्णय गरेको उनले जनाए ।

उनका अनुसार पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।

बैठकमा नेकपाका ४४६ केन्द्रीय सदस्यमध्ये ३१० सदस्यको उपस्थिति थियो ।

वि.सं.२०७७ पुस ७ मंगलवार १७:३६ मा प्रकाशित

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...