८ पुष, काठमाडौँ । संसद विघटन हुँदैछ भन्ने कुरो शंकरजीलाई पनि थाहा थिएन । मैले जब सुइँको पाएर प्रधानमन्त्रीलाई भनेँ । उहाँले ‘राष्ट्रपतिलाई म अहिले भर्खर स्वीकृत नगर्नुस् भनेर आउँछु क्या’ भन्नुभयो । मैले फोनमै भन्नुस् न पनि भने । उहाँले भन्नुभयो ‘राष्ट्रपतिलाई आदेश दिए जस्तो हुन्छ म त्यहि गएर भन्छु ।’ ‘विघटनको सिफारिस भैसकेपछि त्यत्ति सजिलै फिर्ता हुँदैन तर राष्ट्रपतिलाई स्वीकृत नगरीहाल्नुस् भनेर आउनुस् त्यसो भए, १२ बजेपछि भेटौंला! भनेर म हिंडेको थिएँ ।
शंकर र सुवास जीलाई यस्तो सम्भावना बारे पहिलेदेखि भनेको थिएँ । विल्कुल सम्भावना छैन भन्दै आउनुभएको थियो उहाँहरु । त्यसमध्ये पनि शंकरजीलाई थाहा नभएको हुन सक्छ । प्रधानमन्त्रीजीको कदमले मुलुक झन थलामा पुग्ने भनेर मैले उहाँलाई व्यक्तिगत अनुनय विनय पनि गरेँ । उहाँले तेस्रोपटक पनि राष्ट्रपतिकहाँ जाने कुरा गर्नुभयो । मैले यहाँ प्रष्ट सहमति गरेर मात्र त्यहाँ जानुस् भनेको हुँ । तर उहाँ विगतमा झैँ डाँटछलको खेलमा लागिरहनु भयो । यस्ता कुरा धेरै छन् । वामदेवलाई प्रधानमन्त्री बनाउने लगायतका विषयमा उहाँले धेरै ढाँट्नु भएको छ ।
फेरि पनि अन्तिम प्रयास गर्ने भनेर खुमलटार बालुवाटार उहाँसँग समय लिएरै आएँ । बालुवाटार आउँदा उहाँ त भर्खरै बाहिर निस्किसक्नु भयो भन्ने खबर पाएँ । तर पछि बुझ्दा के लाग्यो भने उहाँ त क्याबिनेट रुममा छिरीसक्नु भएको रहेछ । यसपछि भने अर्को प्रयास गर्नै पाइएन ।’ प्रचण्डको भनाई उद्धत गर्दै जनआस्थाले लेखेको छ ।
वि.सं.२०७७ पुस ८ बुधवार १०:०१ मा प्रकाशित






























