back
CTIZAN AD

अष्ट्रेलियालाई अर्को झट्का, डेविड वार्नर सहित अर्का एक खेलाडी पनि बाहिरिए दोस्रो टेस्टबाट

वि.सं.२०७७ पुस ८ बुधवार

747 

shares

८ पुष, काठमाडौँ । अष्ट्रेलियन क्रिकेट टिमलाई भारत विरुद्धको दोस्रो टेस्ट अगाडी ठुलो झट्का लागेको छ । अष्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेविड वार्नर र फस्ट बलर शन एबट भारत विरुद्ध हुने दोस्रो टेस्टबाट बाहिरिएका हुन ।

डेविड वार्नर भारत विरुद्धको दोस्रो एकदिवसीयमा फिल्डिंग गर्ने क्रममा चोटिल भएका थिए । त्यहीँ चोटको कारणले गर्दा डेविड वार्नरले भारत विरुद्धको टि-२० श्रृखला र टेस्ट श्रृखलाको पहिलो खेल गुमाएका थिए । शन एबट भने अष्ट्रेलिया ए र भारतीय टिम बिच भएको वार्म-अप खेलमा चोटिल भएका थिए ।

दुवै खेलाडी चोटको कारणले गर्दा भारत विरुद्ध हुने दोस्रो टेस्टबाट बाहिरिएको जानकारी क्रिकेट अष्ट्रेलियाले ट्वीटरबाट ट्वीट गदैँ दिएको छ ।

४ खेलको टेस्ट श्रृखलामा पहिलो खेलमा जित निकाल्दैँ अष्ट्रेलियाले १-० ले अग्रता लिएको छ । अष्ट्रेलियाले डिसेम्बर २६ मा भारत विरुद्ध दोस्रो टेस्ट खेल खेल्ने छ ।

वि.सं.२०७७ पुस ८ बुधवार १०:२५ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...