back
CTIZAN AD

१८ डेरी उद्योगको खुला बिक्री–वितरणमा रोक

वि.सं.२०७७ पुस ८ बुधवार

678 

shares

८ पुस, कर्णाली । वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमनबाट १८ वटा डेरी उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो ।

वीरेन्द्रनगरको बजार क्षेत्रमा सञ्चालित २६ भन्दा बढी डेरी उद्योगमध्ये १८ वटा डेरीले दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख भेषबहादुर थापाले मापदण्ड पूरा नगर्ने उद्योगलाई खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको बताए । “डेरी उद्योगले खुलारूपमा दूध बिक्री वितरण गर्न पाउँदैनन्, अधिकांश उद्योगले प्लाष्टिकमा रबरले बाँधेर दूध बिक्री गर्ने गरेको पाइएको छ”, उनले भने, “पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि ती उद्योगले खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।” यसअघि डेरी व्यवसायीले मङ्सिर २५ गतेसम्म दुग्धजन्य पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले निर्देशिकाबमोजिम किसानदेखि डेरी व्यवसायीले पालना गर्नुपर्ने मापदण्डबारे सरोकारवालालाई तालिम अभिमुखीकरण दिँदै आएको छ । अनुगमनका क्रममा पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कार्यालय मापदण्ड पूरा नगर्ने उद्योगबाट खुला बिक्री वितरणमा रोक लगाउने निर्णयमा पुगेको हो ।

यसैबीच दर्ताबिनै सञ्चालनमा आएको एक बेकरी उद्योग पनि सिल गरिएको छ । कार्यालय प्रमुख थापाले वीरेन्द्रनगर–३ मा सञ्चालित पूजा बेकरी उद्योगले पटक–पटकको निर्देशका अवज्ञा गरेपछि सिल गर्नुपरेको जानकारी दिए ।

वि.सं.२०७७ पुस ८ बुधवार १०:३२ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...