८ पौष, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १३ औं वार्षिक सभा आह्नन गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले उक्त सभा पुस २९ गते बुधबार बैंकको केन्द्रिय कार्यालय कमलपोखरी , काठमाडौंमा विहान १० बजेबाट लसुरु गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
उक्त सभाले सञ्चालक समितिको प्रस्ताव गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनश सेयर पारित गर्ने छ भने सोही बमोजिम बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
बैकले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्नका लागि आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाबाट पारित हुनेछ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुुक क्लोज गरिने हुदाँ पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
वि.सं.२०७७ पुस ८ बुधवार १२:५० मा प्रकाशित






























