back
CTIZAN AD

मानवविहिन बनेको छ यतिबेला हिमालपारिको सुन्दर मुगु गाउँ

वि.सं.२०७७ पुस ८ बुधवार

1K 

shares

हिमाल पारिको मुगु गाउँ यतिबेला मानवबिहिन छ । चारैतिर अग्ला हिमाल बीचमा बगिरहेको मुगु कर्णाली नदी र छेउमै रहेको घनाबस्तीको मुगु गाउँमा हिजोआज मान्छे भेटन मुश्किल छ । जाडोले गर्दा स्थानीय बेशीतिर झरेपछि मुगु अहिले सुनसान अबस्थामा छन् ।

मुगुम कार्मारोङ गाउँपालिका–२ नम्बर वडामा पर्ने मुगुमा हिउदको महिना बाक्लो हिउ पर्नुको साथै जाडोका कारण गाउँमा बस्न नसक्ने अबस्थाले गर्दा मुगु गाउँका स्थानीय चौरी झोवा खान खर्च बोकेर कोही सिरानचौरतिर त कोही गमगढी अनि कोही जुम्ला र काठमाडौतिर झर्ने गरेका छन् ।

गाउँमा हिउ पर्न थालेको र जाडोले बस्न नसक्ने अबस्था आएपछि ६ महिनाको लागि औलतिर ओर्लिएको मुगु गाउँका चुफा तामाङले बताए । समुद्री सतहदेखि करिव ३५ मिटर उचाईमा रहेको मुगु गाउँका एकसय घरधुरीका स्थानीय जाडो कटाउन सिरानचौर, पिलाडी, पुलु छाइल बजार, गमगढी, जुम्ला, नेपालगञ्ज, काठमाडौ र कोही भारत कुल्लीमुलाली तिर झर्ने गरेका छन् ।

मंसिर दोश्रो साता देखि मुगु गाउँ ६ महिनासम्म सुनसान हुने गरेको छ । प्रत्येक घरधुरीले पालौपालो गरेर महिनाको एकपटक गाउँमा अन्नपात धनसम्पति अनि जोहो गरेर राखेको दाउराको हेरचाह गर्न जाने गरेका छन् ।
इतिहास कालदेखि अहिलेसम्म हिउँदको समयमा मुगु गाउँ मानव बिहिन हुने गरेपनि अहिलेसम्म चोरी नभएको र कुल देउताले धनसम्पतिको रक्षा गर्ने गरेको स्थानीयको भनाई छ ।

६ महिना बेशी र ६ महिना गाउँमा बसाईले गर्दा मुगु गाउँका स्थानीयलाई धेरै झन्झट खेप्नु परेको मुगुम कार्मारोङ गाउँपालिकाकी उपप्रमुख छिरिङ तामाङको भनाई छ ।
बेमौसमी बसाईले गर्दा माथिल्लो बस्तीका स्थानीय शिक्षा, स्वास्थ्य, बिकास निर्माणमा पछि परेका उपप्रमुद बताउँछिन् । अर्कोतिर गाउँ छोडेर बाहिरतिर बस्दा महिलालाई सुत्केरी हुन महिनावारी भएको बेला सरसफाई गर्न कपडा फेर्न समेत दुःख हुने गरेको छ ।

जाडो कटाउन मुगु, चितै, डोल्फू गाउँका स्थानीय बेशीतर्फ झरेपछि त्यहाँका सामुदायिक बिद्यालयमा पठनपाठन बन्द हुने गरेको छ । वडा, गाउँपालिका, प्रदेश र संघबाट संचालित योजनाहरु पनि चैतबाट मात्र सुचारु हुने गरेका छन् । मुगु जिल्ला भरिका करिव २ सय १८ वटा बस्तीहरु मध्ये मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो बस्ती मुगु, चितै र डोल्फू गाउँका स्थानीयको बेमौसमी बसाई सराईले गर्दा दुःख कष्ट खेप्नु परेको छ ।

धनसम्पति अनाज गाउँमै छोडेर सिमित चौपाय बस्तु ओढ्ने ओछयाउने कपाडा बोकेर बेशीतिर झर्नु पर्दा नरमाइलो लाग्ने गरेको चितै गाउँका टासीछिरिङ तमाडको भनाई छ । जाडोले गाउँ छोडेका स्थानीय सोनाम र ग्याल्बो ल्होछार बेशीतिरै मनाउन बाध्य भएका छन् । पुरानो धर्म सस्कृति रितिरिवाज गाउँमै मनाउनु पर्ने अबस्थामा बेशीमा झरेर मान्नु परेको मुगुम कार्मारोङ गाउँपालिका–२ का वडाअध्यक्ष कार्मा तामाङले सुनाए ।

जहाँ समुदाय त्यही धर्म सँस्कृति उनको भनाई छ । यार्सा कटुकी, चिराइतो, भोल्ते, बन लसुन लगायत जडीबुटी बन क्षेत्रमा प्रसस्त पाइने र उक्त जडिबुटी कोरेर मनग्य पैसा आर्जन गर्न सकिने भएकोले मुगु, चितै र डोल्फु गाउँका स्थानीयले आफनो जन्मथलो चटक्कै छोडन चाहदैनन् ।

बेमौसमी बसाई गरेर भएपनि आफनो पुख्र्यौली थलो धान्दै आएका छन् । जाडोकै कारणले गर्दा गाउँमा बस्न नसक्ने अबस्था आएपछि वाङरी गाउँका १२ परिवारले गाउँनै छोडेर जिल्ला बाहिर सरेका छन । अहिले उक्त गाउँ मानव विहिन छ । घर र बिद्यालय बाँझिदै गएका छन् ।

जाडोले समुदाय बेशीतिर झरेपछि मुगु गाउँमा हरेको सीमा प्रहरी चौकी, भन्सार कार्यालय, वडा कार्यालय पुलू बजार सर्ने गरेको छ । करिव ६ महिनासम्म सीमा प्रहरी चौकी, भन्सार कार्यालय सुनसान हुने गरेका छन् ।

वि.सं.२०७७ पुस ८ बुधवार १६:१४ मा प्रकाशित

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...