back
CTIZAN AD

कुवेतमा एक नेपाली चेलीको निधन

वि.सं.२०७७ पुस ८ बुधवार

687 

shares

८ पुस, काठमाडौं । नेपाली दूतावास कुवेतमा कार्यरत एक नेपाली चेलीको निधन भएको छ ।

नेपाली दूतावास कुवेतमा श्रमसहचारीको रुपमा कार्यरत अर्घाखाँचीकी विपना ज्ञवालीको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।

कुवेतमा रहेका पत्रकार हरिकृष्ण न्यौपानेका अनुसार २८ वर्षीया ज्ञवालीको रक्त क्यान्सरको उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

अर्घाखाँची चिदिकाकी उनी अविवाहित रहेको र लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेकी थिइन् । बुधबारदेखि गम्भीर अवस्थामा उपचार गराइरहेकी उनको गत शुक्रबार निधन भएको हो ।
उनको शब आइतबार नेपाल ल्याएर दाहसंस्कार गरिसकिएको नेपाली दूतावास कुवेतले जनाएको छ ।

‘यस राजदूतावासका श्रमसहचारी, हाम्रा सहकर्मी श्री विपना ज्ञवालीको स्थानीय अस्पतालमा उपचारका क्रममा भएको असामयिक निधनबाट हामी सम्पूर्ण दूतावास परिवार अत्यन्त मर्माहत भएका छौं ।’ राजदूत दुर्गाप्रसाद भण्डारीद्धारा जारी शोक वक्तव्यमा भनिएको छ ।

Image may contain: ‎text that says '‎नेपाली राजदूतावास कुवेत Embassy of Nepal State Kuwait. نيبال سفارة الكويت دولة हार्दिक समवेदना यस राजदूतावासका श्रम सहचारी, हाम्रा सहकर्मी श्री विपना ज्ञवालीको स्थानीय अस्पतालमा उपचारको क्रममा भएको असामयिक दुःखद निधनबाट हामी सम्पूर्ण दूतावास परिवार अत्यन्त मर्माहत भएका छों उहाँको निधनबाट यस राजदूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको छ शोकको यस घडीमा हामी स्वर्गीय ज्ञवालीका बुवा, आमा लगायत सम्पूर्ण शोकसन्तत्त परिवार प्रति गहिरो समवेदना प्रकट गर्दद्ों साथै, स्वर्गीय विपना ज्ञवाली प्रति हार्दिक श्रद्धाअली अर्पण गर्दै उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दद्छौं| दुर्गाप्रसाद भण्डारी राजदूत तथा नेपाली राजदूतावास, कुवेत परिवार मिति: २०७७/०९1०५(२० डिसेम्बर २०२०) Email:eonkuwait@mofa.gov.np Webste:www.mofa.gov.np/kuwait‎'‎

 

वि.सं.२०७७ पुस ८ बुधवार १८:५८ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...