९ पौष, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।
बैंकको ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६१२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३४औं वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ । बैंकले शुक्रबार, एभरेष्ट होटेल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो १२ः१५ बजेबाट सुरू हुने जनाएको छ ।
यसैगरि, बैंकले आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ४.४८ प्रतिशत नगद कर प्रयोजन सहित गरी कुल ११.४८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
वि.सं.२०७७ पुस ९ बिहीवार १५:१२ मा प्रकाशित





























