back
CTIZAN AD

नारायणकाजीको नेतृत्वमा देशव्यापी आन्दोलन गर्ने प्रचण्ड–नेपाल समुहको निर्णय

वि.सं.२०७७ पुस ९ बिहीवार

690 

shares

पुस ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहले संसद विघटनविरुद्व देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । उक्त समुहको बिहिबार बसेको केन्द्रीय समिति बैठकले शुक्रबारदेखि नै देशव्यापी आन्दोलनमा उत्रिने घोषणा गरेको केन्द्रीय सदस्य उर्मिला अर्यालले जानकारी दिइन ।

बैठकले आन्दोलनको कार्यक्रम सञ्चालन गर्न प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । उक्त समिति दुई हजार पाँच सय १ सदस्यीय रहेको अर्यालले जानकारी दिइन् ।

त्यस्तै बैठकले भोली शुक्रबार माइतीघर मण्डलामा जम्मा भएर संयुुक्त पत्रसहित निर्वाचन आयोग जाने निर्णय पनि गरेको छ । शनिबार (११) गते ७ वटै प्रदेशमा सम्बन्धित प्रदेश कमिटीले र आइतबार (१२) गते ७७ जिल्लामा जिल्लास्तरीय भेला गर्ने पनि निर्णय भएको छ ।

बैठकले आगामी २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म सबै वडा स्तरमा बैठक भेला गर्ने निर्णय पनि गरेको उनले जनाइन् ।

वि.सं.२०७७ पुस ९ बिहीवार १५:३८ मा प्रकाशित

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...