पुस ९, काठमाडौं । प्रचण्ड–नेपाल समुहको केन्द्रीय समिति बैठक सकिएको छ । ७ गतेदेखि बसेको बैठक आज सकिएको हो ।
बैठकले सरकारले गरेको प्रतिनिधि सभा विघटनका विरुद्व भोली (शुक्रबार)देखि नै आन्दोलनमा उत्रने घोषणा गरेको छ । साथै बैठकले संगठन निर्माणका लागि प्रदेश, जिल्ला, पालिका र वडा स्तरमै भेला र बैठक गर्ने निर्णय गरेको छ ।
यस्ता छन् घोषणा गरिएका कार्यक्रम
– १० गते ९:३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगायत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्वाचन आयोगमा जाने ।
– दिउसो २: ०० बजे पत्रकार सम्मेलन ।
– १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने । १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
– १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने । १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
– २० गतेभित्र नगर र गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
– २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
– काठमाडौलगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
वि.सं.२०७७ पुस ९ बिहीवार १५:५६ मा प्रकाशित






























