back
CTIZAN AD

द्वन्द्वकालमा बैंकबाट लुटिएको सुन अझै फिर्ता भएन

वि.सं.२०७७ पुस ९ बिहीवार

654 

shares

९ पौष, अमरगढी । द्वन्द्वकालमा सुरक्षाका लागि बैंकमा राखेका ३०० पोका (स्थानीयवासीको दाबीअनुसार तीन किलो) सुन बैंकबाटै लुटिएको घटनाको विस्तृत छानबिन नहुँदा प्रचौंडी क्षेत्रका स्थानीयवासी मर्कामा परेका छन् ।

द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर नेपाल बैंक लिमिटेडको बैतडी प्रचौंडी शाखा २०५७ कात्तिक २२ गते जिल्ला सदरमुकाम बैतडी सरेको र सदरमुकाको सुरक्षित स्थानबाटै बैंक लुटिएपछि प्रचौंडी क्षेत्रका स्थानीयले राखेको सुन चोरी भएको जनाएको छ ।

झण्डै दुई दशकसम्म पनि सुन फिर्ता पाउन नसकेको प्रचौडीका स्थानीय बासिन्दा धनबहादुर बोहराले बताए । आफ्नो घरपरिवारले बैंकमा राखेको अढाइ तोला सुन र सोको क्षतिपूर्ति हालसम्म पनि पाउन नसकेको बोहराले बताए ।

त्यतिबेला एक तोला सुनको ६ हजार रुपैयाँ थियो । त्यति बेलाको मूल्य अनुसार रु ४ लाखभन्दा बढीको सुन प्रचौंडीका स्थानीयवासीले बैंकमा राखेका थिए । सदरमुकामबाटै बैंक लुटियो भन्ने खबर मात्रै पायौं । अहिलेसम्म कसले किन लुट्यो भन्ने बारेमा कुनै छानबिन गरेन । रिपोर्ट सार्वजजिक गरिएको छैन । बोहराले भने, “बैंकबाट यति धेरै ठूलो परिमाणमा सुन लुटिएको बैतडीमा पहिलो घटना हो ।” तर राज्यले कुनै छानबिन नगरेको प्रचौडीका स्थानीयवासीले गुनासो गरेका छन् ।

छानबिन गरेर जनताको सुन फिर्ता गर्न आफूले बैंक र सरकारप्रति माग गरेको स्थानीय नेता रमिल बमले बताए । बैंक लुटपाटको घटनापछि नेपाल बैंक लिमिटेडको बैतडीको प्रचौडी शाखा, डडेल्धुराको जोगबुढा शाखा, दार्चुलाको गोकुलेश्वर र लटैनाथ, डोटीको जोरायल र बझाङको बिचगडा शाखालाई एकीकृत गरी हाल संयक्त रुपमा नेपाल बैंक लिमिटेड डडेल्धुरा जिल्ला सदरमुकाममा स्थापना भई सञ्चालनमा आएको डडेल्धुराका शाखा प्रबन्धक रामचन्द्र जोशीले बताए।

बैतडी, दार्चुला, बझाङ, डोटी र शाखा हालसम्म पुनःस्थापना हुनसकेका छैन । प्रचौंडीवासीले आफ्नो सुन फिर्ता हुनुपर्ने र बैंकको शाखा पनि चाहिने माग गरेको तर यता बैंक डडेल्धुरा शाखाका अनुसार प्रचोडी शाखाको चोरी भएको सुन ३०० जनामध्ये ९४ जनाले सुन बराबरको रकम फिर्ता गरिसेको प्रबन्धक जोशीले बताए।

सर्वोच्च अदालतबाट २०६४ मङ्सिर २८ गतेको फैसला अनुसार डडेल्धुरा शाखमा सम्पर्क गर्ने सूचना गोरखापत्रमा २०७० असार १० गते प्रकासित गरिएको र डडेल्धुरा शाखाबाट बैतडीका ९४ जनाले करिब एक किलो ५०० ग्राम सुन बराबरको रकम फिर्ता गरिएको डडेल्धुरा शाखाले जनाएको छ । अन्य २०६ जना ऋणी सम्पर्कमा नआएकाले अब तोकिएको म्यादभन्दा बढी समय नाघी सकेको सुनको मूल्यभन्दा दोब्बर पैसा चुक्ता गर्नुपर्न भएकाले अन्य सुन धनीहरु नआएको हुनसक्ने शाखा प्रबन्ध जोशीले बताए । रासस

वि.सं.२०७७ पुस ९ बिहीवार १५:५९ मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...