back
CTIZAN AD

कोरियाले लैजादै गरेको कामदार संख्यामा कटौती गरेको छ

वि.सं.२०७७ पुस १० शुक्रवार

651 

shares

१० पुस, काठमाडौं । नेपाल सरकार र दक्षिण कोरिया सरकारको समन्वयनमा कोरियाले नेपालीहरू कामदार लादै गरेको छ । यो वर्ष भने पहिलाको तुलनामा कोरियाले कम कामदार लाग्ने भएको छ । कोरिया जानका लागि कामदारले भाषा र सीप परीक्षा दुवै उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

कोरियाले आगामी वर्ष सन् २०२१ मा गतवर्षको तुलनामा ४ हजार कम कामदार कोरोया लान लागेको छ । आगामी वर्ष नेपालसहित विभिन्न १६ देशबाट कुल ५२ हजार कामदार लाने निर्णय कोरियाली श्रमिक कोटा निर्धारण समितिले गरेकाे जनाएको छ ।

यस वर्ष कोरियाले १६ देशका ५६ हजार कामदार लाने भएको थियो तर कारोना महामारीका कारण कामदार सहज रुपमा कोरिया जान पाएका थिएनन् । सन् २०२० मा लानि भनिएकामध्य अजै ३१ हजार श्रमिक कोरिया जान पाएका छैनन् ।

कोरीयाले आगामि बर्षका लागि बिभिन्न क्षेत्रमा कामदार लैजाने भएको छ । जसमा उत्पादन क्षेत्रमा ३७ हजार ७ सय, कृषि क्षेत्रमा ६ हजार ४ सय, माछा पालन क्षेत्रमा ३ हजार, निर्माण क्षेत्रमा १ हजार ८ सय जना, सेवा क्षेत्रमा १ सय जना कामदार गरि जम्मा ५२ हजार लाने भएको छ । समितिका अनुसार उक्त कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार पुराना श्रमिक लैजाने भएका छन् ।

कोरियाले यसअघि नेपाल बाट  ५ हजारभन्दा बढी कामदार लाने गरेको थियो । इपीएस भाषा पास भएका कामदार लादै आएको  कोरियाले यो वर्ष भने कति नेपाली कामदार लाने भन्ने निदो गरेकाे छैन ।

वि.सं.२०७७ पुस १० शुक्रवार १५:५६ मा प्रकाशित

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...