१० पुस, काठमाडौं । नेपालमा शुक्रबार (१० पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ३९२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार १४२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ७ हजार ९२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ३८२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ७१० रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा २४९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा ५, बागमती प्रदेशमा ९३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ४४, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिममा ३ जना गरी जम्मा २४९ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ४ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ जना र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १÷१ जना गरी जम्मा ४६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ४०९ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला मुगु र रुकुमपश्चिम रहेको छ ।
त्यस्तै आज थपिएका ६०८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । साथै आज ८९२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।
नेपालमा आज ६०८ जनामा कोरोना संक्रमण, ८९२ जना संक्रमणबाट मुक्त ८ जनाको मृत्यु
नेपालमा आज ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार १४२ नमुना परीक्षणमा उपत्यकाका २७९ जनासहित देशैभरी ६०८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २३७ र ३७१ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा ४४, प्रदेश २ मा ८, बागमती प्रदेशमा ३३४, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा ८२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा ८४ जना रहेका छन् ।
आज थपिएका ६०८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।
त्यसैगरी आज देशैभरी ८९२ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८९२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । निको हुनेको यो दर ९६.५ प्रतिशत हो ।
त्यस्तै आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।
कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४ हजार ११९ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १२८, प्रदेश २ मा ३१, बागमती प्रदेशमा १७२९ गण्डकी प्रदेशमा ५५९, लुम्बिनी प्रदेशमा ७२७, कर्णाली प्रदेशमा ९८ र सुदूरपश्चिम प्रदेशमा ४३८ जना गरी ३ हजार ७१० जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ७१० जनाको उपचार भइरहेको छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा पुस ९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ पुस १० शुक्रवार १७:१३ मा प्रकाशित






























