back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा पुस ९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस ९ बिहीवार

756 

shares

९ पुस, काठमाडौं । नेपालमा विहिबार (९ पुस) सम्म पिसीआर प्रविधिबाट १८ लाख ९६ हजार २५० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ५१० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ७ हजार ३८४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ४५१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ९३३ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा २६१ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १९ प्रदेश २ मा ७, बागमती प्रदेशमा १०१, गण्डकी प्रदेशमा ८१, लुम्बिनी प्रदेशमा ४५, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिममा १ जना गरी जम्मा २६१ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ४ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा शून्य गरी जम्मा ४९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ । साथै क्वारेन्टिनमा ४०० जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुगु रहेको छ ।

त्यस्तै आज थपिएका ६१३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । साथै आज ७३९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ ।

आज ५ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८०८ पुगेको छ ।

आज देशैभरी ६१३ जनामा कोरोना संक्रमण, ७३९ जना निको, ५ जनाको मृत्यु
आज देशैभरी ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ५१० नमुना परीक्षणमा उपत्यकाका २४४ जनासहित देशैभरी जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २३३ र पुरुष ३८० जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये प्रदेश १ मा ४४ प्रदेश २ मा ६ बागमती प्रदेशमा २९५ गण्डकी प्रदेशमा ६४, लुम्बिनी प्रदेशमा ७४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा १२३ जना रहेका छन् ।

आज थपिएका ६१३ जनासँगै नेपालमा कोरोना संक्रमतिको कूल संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७३९ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४७ हजार ४०० पुगेको छ । निको हुनेको यो दर ९६.४ प्रतिशत हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ५ जना कोरोना संक्रमितको निधन भएको छ । मन्त्रालयका अनुसार आज थपिएका ५ जनासँगै हालससम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८०८ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म हजार .. जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा २२५, प्रदेश २ मा ३३ बागमती प्रदेशमा १८०१, गण्डकी प्रदेशमा ६०७, लुम्बिनी प्रदेशमा ७२०, कर्णाली प्रदेशमा ७९ र सुदूरपश्चिम प्रदेशमा ४६८ जना गरी ३ हजार ९३३ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ४५१ जनाको उपचार भइरहेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा पुस ८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस ९ बिहीवार १७:३४ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...